दिलिप बाबु खड्का
सानोभेरी गाउँपालिका १
रुकुम {पश्चिम् }
हजारौं सपनाको भरमा, बुवा आमा हुनुहुन्छ।
छोरा बिग्रिन्छ भन्ने डरमा, बुवा आमा हुनुहुन्छ।
तिमिले सोचे हौँलि म बाहेक उसको कोहि छैन।
प्राण भन्दा प्यारा घरमा, बुवा आमा हुनुहुन्छ।
समय आएपछि दुई चार दिनमै, झर्नु पर्छु।
लक्ष्य बोकेर पनि गन्तव्य बिहिनमै, झर्नु पर्छ।
बादल जस्तै आकाशमा जानेलाई जानदिनु।
मौसम अनुसार आखिर जमिनमै, झर्नु पर्छ।
कडा दिन्छ वचन मन पोल्छ त्यहीँ छोरोले
कचकच गरेर बारबार पिरोल्छ त्यहीँ छोरोले
जसलाई धेरै दुख कष्ट सहेर बचाएको थिए
त बुढालाई मार्छु भन्दै बोल्छ त्यहीँ छोरोले
एउटा अपरिचित अनुहारले जागीर पायो।
आखिर के-कस्तो आधारले जागीर पायो।
योग्यता हुने हरु बिदेशमा मजदुरि गर्छन् ।
देशमा अनपढ बेरोजगारले जागीर पायो।
नजर बाटै शत्रुमा झार्नु ,के अनौठो भो र!
गर्धनमा खुकुरी पार्नु , के अनौठो भो र!
फलामले फलामै काट्छ थाहा हुँदा हुँदै।
साथिले साथिलाई मार्नु ,के अनौठो भो र!
बिगारेको छ पुरै सोच विचार दोधारमा छु
कसरी गर्यो घटिया व्यबहार दोधारमा छु
असल ठानेको साथिले मेरै प्रेमिका उडायो
उसलाई साथी भनु कि जार दोधारमा छु
मुर्ती ढोके आमाको आशीर्वाद बिर्सन्छ
हरेक पाइलामा राख्नु पर्ने याद बिर्सिन्छ
प्रियाको जन्मदिन ख्याल राख्ने छोराले
सजिलै स्वर्गीय आमाको शराद बिर्सिन्छ
कसैसँग ठुलो दुश्मनी थियो। बझ्नु होला।
मलाई गोलि ठोकी मारी दियो। बुझ्नु होला।
म मरेको खबर आउँला अचम्म मान्दै नमान्नु
अन्तिम सास भिडन्तमै सकियो। बुझ्नु होला।
कहिले छट्पटीदै मध्य रात, बिउँझनु पर्छ
सम्झेर आ-आफ्नो औकात, बिउँझनु पर्छ
सपनिमा बिटाका बिटा पैसा समाए पनी
तर बिउँझदा खाली हात, बिउँझनु पर्छ
तिम्रा यादहरु को भणडार सबै रित्तिनु पर्छ्।
नत्र मैले सधै झुठा बाचा कसम सम्झिनु पर्छ।
तिमिले त घात गर्यौँ। सजिलै बिर्सन्छौ होला।
मैले तिमिलाई बिर्सन आफैलाई बिर्सिनु पर्छ।