कमल ताल यातायात प्रालि रुकुम पश्चिमले जिल्लामै पहिलोपटक सुविधा सम्पन्न एसी बस ल्याएको छ । प्रालिले जिल्लामा पहिलो पटक यात्रुहरुले सुतेर पनि यात्रा गर्न मिल्ने ४ वटा एसी स्लिपर बस भित्र्याएको कार्यालय प्रमुख डेबिट गौतमले जानकारी दिए । बुटवलमा निर्माण गरिएका नयाँ बस आज जिल्ला ल्याइपु¥याइएको छ ।

बसलाई बाजागाजा सहित मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँ देखि वडा नम्बर १ को सल्लेसम्म बाजागाजा सहित पु¥याइएको थियो । एक कार्यक्रमका बिच बसको मुसिकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले रिबन काटेर उद्घाटन गरे । यी बसले अब हरेक दिन रुकुम–काठमाडौँ रुटमा सेवा दिने छन । झन्डै साढे ४ करोड लगानीमा उक्त बस भित्र्याइएको बताईएको छ ।

गाडीमा स्तरीय सोफा सेट, ब्लाङकेट, एसीको सुविधा सहित सुतेर यात्रा गर्न सकिने र यसले यात्रुहरूलाई निकै नै आराम दिने बताईएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...