आहा सञ्चार संबाददाता
राप्ती समाज जापानको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
जस अन्र्तगत त्यहाँ रहेका नेपाली महिलाहरुबिच शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष युबराज रेग्मी र प्रमुख अतिथि समाजका सल्लाहाकार तारा प्रकाश बुढा मगरको रहेको थियो । महासचिब प्रकाश ओलीको सञ्चालन गर्नु भएको कार्यक्रममा प्रबक्ता कमल बाँठा र सहकोषाध्यक्ष आयुष्मा पुन मगरको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रममा राप्ती भित्र र बाहिरका नेपाली दिदिबहिनीहरुको उपस्थिती रहेको थियो । महिला दिदिबहिनीहरुले आफ्नो संस्कार संकृति झल्कने खालका भेषभूषामा नाँचगान गरेका थिए । समाजले प्रत्यक बर्ष तीजको अबसरमा महिला दिदिबहिनीहरुलाई लक्षित गरी यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु
