- छबिलाल बिष्ट
- सानीभेरी गाउँ पालिका, रुकुम पश्चिम
अपनाउँनु थियो बुद्घिमानी थाहै भएन
थमाईदिए हातमै राहदानी थाहै भएन
विश्वास गरियो आफ्नै ठानेर भर परियो
फसाईदीयो यार आफ्नैठानी थाहै भएन
युरोप पठाउँने बहानामा खाडिमा पठायो
खाईदिएको रैछ धेरैको लगानी थाहै भएन
दुख पिडा चोटहरुको चपेटामा पर्दापर्दै पनी
कसरी चलेको होला जिन्दगानी थाहै भएन
अन्तिम लडाईमा थिए जिन्दगीको मैदानमा
मैदान भित्रै लडाईदियो छुराहानी थाहै भएन
२
दुशमनहरु सताउँन घरीघरी आए !
थाहै नदिई खै किन र कसरी आए !
अनेक बहानामा फसाउनालाई होला !
दिनानु दिन फरक फरक गरी आए!
आफ्ना भन्नेहरु चोट दिएर गएपछी !
बिर्सनै नमिल्ने आखाँ वरिपरी आए !
अरे यो देशको कानुन बुझ्नै गाह्रो भो !
मुद्धापनि अदालतमा थरीथरी आए !
हेर्दै जाउ के के हुन्छ भनेकैता छु ।
अमिर छाप बनेर जिन्दगी भरी आए !
फेसबुक प्रतिक्रियाहरु
