ई. मानबहादुर शाही
नेपाल संघिय गणतन्त्रमा प्रवेश गरिसकेपछि सात प्रदेशमा विभाजन भयो हो त्यहि सात प्रदेश मध्य क्षेत्रफलको हिसावले सबै भन्दा ठुलो प्रदेश कर्णाली । जुन प्राकृतिक रुपमा सुन्दर र प्रचुर सम्भावनाले भरिपुर्ण रहेको प्रदेश हो । नेपाली भाषाको उद्गम स्थल सिजा उपत्यका जुम्ला पनि कर्णालीमै रहेको छ ।
जल, जमिन, जंगल, जडिबुटि तथा खनिज पदार्थहरुको अथाह खानि हो कर्णाली । जलबिद्युत उत्पादनको हिसाबले १८ हजार मेगावाट क्षमता रहेको विभिन्न अध्यायनहरुले देखाएका छन । मुख्यगरी ठुला आयोजनाहरु माथिल्लो कर्णाली ९ सय मेगावाट, मुगु कर्णाली १ सय ७४ मेगावाट, बेतन कर्णाली ६ सय ८८ मेगावाट, फुकोट कर्णाली ४ सय ८० मेगावाट र जगदुल्ला १ सय ६ मेगावाट रहेका छन । त्यस्तै जगदुल्ला ए १ सय २० मेगावाट, नलगाध ४ सय १० मेगावाट, किमाथाङ्का ४ सय ५४ मेगावाट, तिला एक ३ सय मेगावाट, तिला दुइ २ सय ९७ मेगावाट, भेरी एक ६ सय १७ मेगावाट र भेरी चार ३ सय
मेगावाट लगायत थुप्रै जलविद्युत आयोजनाहरुको मुहान हो कर्णाली । यदि यी आयोजनाहरु निर्माण गर्न सकियो भने कर्णाली प्रदेश देशकै धनि प्रदेश हुने कुरामा कुनै संका छैन । अझ भनौ कर्णालीले देशकै अर्थतन्त्रमा निकै ठुलो योगदान गर्ने छ जसमध्य ९ वटा आयोजना जम्मा ४ हजार २ सय ४५ मेगावाटको आयोजनामात्र निर्माण गर्न सकियो भने ५० प्रतिशत रोयल्टी प्रदेशले पाउने छ । लगभग ४ अर्ब प्रति बर्ष त्यस मध्ये माथिल्लो कर्णालीबाट मात्र २ अर्ब ३२ करोड रोयल्टी बुझाउने छ । धेरै मानिसहरुले भने जस्तो कर्णाली गरिब होइन सबैभन्दा धनि बन्ने छ । यी आयोजनाहरु समयमै सम्पन्न गर्नका लागि भने विभिन्न मन्त्रालयहरु विभागहरुका नीति नियम अझ धेरै वातावारण सम्बन्धि कानुनी झन्झट परिवर्तन गर्न जरुर छ । सडक बिधुत प्रशारण लाइन निर्माण जरुर छ ।
कर्णाली प्रदेश सुन्दर आकर्षणको केन्द्र हो जहाँ रारा ताल २ हजार ९ सय ९० मिटर उचाईमा करिब १० बर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । शे फोक्सुण्डो ताल ३ हजार ५ सय ८९ मिटर मा करिब छ । स्यार्पुताल करिब ३ किलोमीटरमा फैलिएको छ, बुलबुले ताल कुपिण्डे ताल, कर्णाली नदि, भेरी नदि, तिला नदि, मुगु कर्णाली नदि तथा मध्य पहाडी लोकमार्ग कर्णाली बासीका लागि शरीरका ढाड जस्तै बनेका छ । कालिकोट जुम्ला डोल्पा हुम्लाका स्याउ बगैचाहरु कृषि पर्यटन का केन्द्र हुन । खनिज पदार्थ फलाम, तामा, सिसा, चुनढुंगा, मार्बल, पेट्रोलियम, स्लेट ढुंगा, रुबी र निकेल लगायत थुप्रै खानिहरु रहेका छन भन्ने विभिन्न अध्यायनहरुले देखाएका छन ।
यस्तै विभिन्न जडिबुटिहरु यार्सागुम्बा, रातो च्याउ, सतुवा, गुच्ची च्याउ, अतिस, अमला, ओखर, कटुको काउलो, काकर, सिङ्गगी, कालि, काठको गेडा, कालो मुस्ली र कुरिलो जस्ता महत्वपूर्ण जडिबुटी कर्णालीमा पाईन्छ । त्यस्तै सतावरी, खयर, खामु, गनाइनो, चुक, भुइचुक, चुली, चुत्रो, टिमुर, टुकीफुल, तालिश्पत्र, तितेपाती, दालचिनी, देबदार, बटेलो, ध्यारो, धुपजडि, धुपी, निर्मशी, पदमचाल, पदम पुस्कर, पाषणबेद, पाचऔले, पिपला, पोडे, बर्रो, बज्रदन्ति, बुकीफूल, बेल, बोझो, भाले, चिराइतो, भुत्केश, भूतले भोजपत्र र भ्रिंगराज जस्ता जडिबुटि पनि कर्णालीका सम्पती हुन । त्यति मात्र होर मजिठो, ममिरा, रिठा, लाघुपत्र, लोहन, लोठसल्ला, बन्तरुल, बन लसुन, बिष बिषफिज, विषमा शिलाजित, सर्प गन्धा, सालधुप, सिकाकाई, सुगन्ध, कोकिला, सुगन्धवाल सुनपाती, सेत्कचिनी, सेतो मुस्ली, सोमलता, हर्रो, हातिपाइला लगायत थुप्रै औषधि जन्य जडिबुटिको माटो हो कर्णाली ।
विश्वको उच्च स्थानमा रहेको मानव बस्ति धो डोल्पा सिजा उपत्यका जुम्ला लिमि उपत्यका हुम्ला लगायत थुप्रै प्रसिद्ध ठाउहरु रहेका छन । साथै प्रसिद्ध धार्मिक स्थल काक्रेबिहार, पंच्देवल, त्रिपुरासुन्दरी, चन्दननाथ मन्दिर, खार्पुनाथ शिवालय, जाजरकोट दरबार, खैरावांग मन्दिर, देउतिबजै मन्दिर, डिग्रेसाइकुमारि मन्दिर, हाल्जी गुम्बा, रिबो थुम्पा, सिपाल आधारशिबिर र कैलाश प्रवेशद्वार जस्ता पर्यटनका आकर्षण रहेका छन । संरक्षित राष्ट्रिय निकुञ्जहरु रारा राष्ट्रिय निकुञ्ज, सेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज, काक्रेबिहार बन क्षेत्र रहेका छन । यी सबै कर्णालीका सम्पति हुन यिनीहरुको सहि सदुपयोग गर्न सके कर्णाली बासीको समृद्दी यात्रा तय अवश्य हुन्छ । तर कर्णालीको यी सम्पदाहरुको सदुपयोग र प्रयोग मार्फत कर्णालीको समृद्धि चित्र कोरेर कार्यन्वयन गर्न सक्ने भिजिनरी कालिगढ नेतृत्वको आवश्यता खट्किरहेको छ ।
मैले मेरो व्यावसाय अध्यायन रिसर्चको क्रममा नेपालका ७७ ओटै जिल्ला भ्रमण गर्ने अवसर प्राप्त गरे । साहेद म निकै भाग्यमानी रहेछु क्यारे त्यसैले होला मलाइ नेपाल छोड्न मन नलागेकोमा आफै सन्तुस्ट त छैन तर मेरा आँखाले देखेको अथाह सम्भावनाहरुले मलाइ यहि देशमै केहि नया काम गर्ने दृढता आजसम्म अविचलित रुपमा छ । तर अब के हुन्छ भन्न सक्दिन किनकि यो देशको राजनैतिक ब्यबस्था र गलत राजनैतिक परिपाटीले गर्दा निकै सोचनीय बनाएको छ तर पनि आशा मरेको छैन ।
मैले माथि उल्लेख गरेका धेरै कुराहरु मैले मेरै जिन्दकीमा चिनेको भेटेको र स्पर्श समेत गरेको छु । अझ धेरै बाँकि नै होला अझ पछिल्लो स्थनीय, प्रदेश र संघको चुनावमा गाउँ गाउँ बस्तिहरुमा पुग्ने अवसर पाए । त्यो मेरो जिन्दकीमा अर्को अध्याय शुरुको प्रारम्भ बिन्दु हुने पो हो कि भन्ने आफैलाई डर छ मलाइ । म जन्मेको ठाउमा गाउलेहरुको लगानीमा बल्ल तल्ल ट्रयाक खुलेको छ । अझै बिजुली पुगेको छैन आशा गरौ त्यो पनि छिट्टै पुग्नेछ । जनयुद्धको चरम द्वन्दबाट स्वास फेरेको पनि १८ बर्ष पुगिसकेछ तर मेरो गाउ उस्तै लाग्छ चरम गरिबी र अभावले गर्दा मैले परिवार छोडेको पनि २० बर्ष बितिसकेछ । आज मेरो बुवा मजदुरी गर्न भारत जान छोड्नु भएको छ, हामीले पनि आजकाल मजदुरी गर्न छोडेको छौ। गाउलेको घट्ट अधियाँ लगाएर भारो उठाएर हामि पालिएको अझै याद छ । अझ धेरै भारो उठाएको पिटो कमि हुदा अलि बढी पानि थपेर खोले बनाएर बुवाले हामि छोराछोरीहरुलाई पुग्ने बनाएको साहेद म जिन्दकीभरी बिर्सदैन होला ।
जे होस अब त्यसको अन्त्य भएको छ र आज म मेरो गाउ र मैले पढेको स्कूलको पहिलो इन्जिनिएर बन्न सफल भएको छु । मलाई थाह छैन, यसमा म खुसि हौ कि दुखि किनकि मेरो समाज उस्तै छ । अहिले पनि मेरो गाउ गरिबी र अभावबाट मुक्त हुन सकेको छैन म यो साल गाउमा धेरै पुगे धेरै गाउले दाजुभाइहरुसंग भलाकुशारी गर्ने अवसर पाए । मध्यपान धुम्रोपानले सेवनले गर्दा सामाजिक सद्भाव बिगारिरहेको निकै दर्दनाक छ । बेरोजगारी र अशिक्षा जस्ता कुराहरुले समाज आक्रान्त छ । रक्सि खाएर आफ्नै घरमा आगो लगाएको घटना आफ्नै आखा अगाडी देख्दा मन खिन्न भयो । यसले मेरो दिमागमा धेरै प्रश्नहरु उत्पन्न भएको छ, यस्ता धेरै घटनाहरु छन् म बर्णन गर्न असमर्थ छु र यसले सामाजिक चुनौतिहरु थपिदै छ । असको अलावा राज्यले लगानी गरेका खानेपानी आयोजना र पाइपहरु जताततै अलपत्र छन । बाटोमा पानी हिलो घर अगाडि फोहोर त्यसबाट हुनसक्ने जोखिम झन बढ्दै गरेको देखे अनि मैले गाउमा सचेतना अभियान चलाए र सबै राजनैतिक पार्टीका युवाहरुलाई सचेतना अभियान चलाउन अनुरोध गरे र आफु पनि सामेल हुने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
यी सबै कर्णालीको सन्दर्भमा लागु हुने भएकोले मैले उल्लेख गरेको हुँ । रुकुमकै सन्दर्भ र कर्णालीको सन्दर्भमा हजारौ मानिसलाई रोजगार दिने उदेश्य सहित डेरी उद्योग वाइन उद्योग, कृषि कम्पनि कृषि तथा पशुपालन सामुहिक कृषि सहकारी नर्सरीहरु स्थापना गरिएका छन तर राजनैतिक पार्टीका स्वार्थ ब्यबस्थापनको अभावका कारण ति सबै काम नलाग्ने स्थितिमा रहनु र अहिले ति उद्योग कुर्ने चौकीदार समेत नहुनु निकै दुखद छ । यी उद्योगहरुमा राज्यको लगानी करोडौ रहेको छ यिनीहरुको सहितरिकाले ब्यबस्थापन तथा संचालन जरुर छ । यी उद्योगहरु सम्बन्धित बिषय बिज्ञको जिम्मा लगाएर स्कूल कलेजका बिध्यार्थीहरुको लागि रिसर्च गर्ने काम गर्ने प्रयोगात्मक थलोको रुपमा बिकाश गर्ने सम्बन्धित निकायालाइ सुझाव दिएको छ ।
समग्र कर्णाली एउटा सुनको कचौरा हो तर आज राजनैतिक दल र त्यसका असक्षम नेताका कारण त्यहि सुनको कचौरा लिएर भिख मागिरहेका छौ । कर्णाली सुनको डल्लो हो तर त्यस सुनलाई राम्रो आकारप्रकार दिएर राम्रो गहना बनाउने कालिगड जस्तो दिर्घकालिन सोच भएको नेतृत्वको अभाव छ । अब युवाहरु जाग्ने बेला आइसकेको छ, तमाम युवाहरु अब कर्णालीमा रहेका श्रोतसाधन समुचित प्रयोग गरेर समृद्दी ढोका खोल्न ढिला गर्नु हुदैन ।
अब पनि हामि युवाहरुले कर्णाली रुपान्तरणको अभियान संचालन गर्न सकिएन भने हाम्रो समाज गरिबी पछौटेपन, बढ्दो बेरोजगारीबाट आक्रान्त हुने निश्चित छ । समयमै पहल कदमिको लागि सम्पूर्ण राजनैतिक पार्टी भित्रका सचेत युवाहरुलाइ आग्रह गर्न चाहन्छु । युवाहरु चुनावमा प्रयोग मात्र हुने होइन अब देश निर्माणको सवालमा प्रत्यक्ष सहभागी हुन जरुर छ । युवा परिवर्तनका बहाक हुन अब सडक स्कूल, पाटिर्, पौवा, धारा र कुवा जस्ता सम्बन्धित टोलटोलबाट सरसफाई गरेर समाजमा सकारात्मक सोचको बिकास गर्दै समाजमा आशाको दियो बाल्नु पर्ने अहिलेको आवश्यकता महशुस भएको छ । यसका लागि समाजका बुद्दिजिबि, पत्रकार, शिक्षिक र सामाजिक कार्यकर्ता सबैलाई अनुरोध गर्न चाहन्छु । अब कसैको आलोचना होइन आफै त्यस ठाउँको नेतृत्व गर्न बिनम्र अनुरोध गर्न चाहन्छु । हाम्रो सोच साँघुरो भयो भने बाटो साँघुरो हुने हो त्यसैले सोच फराकिलो बनाएर समाज रुपान्तरण नेतृत्त्व लिन अनुरोध गर्न चाहन्छु ।
अन्त्यमा अहिलेको युग हाइड्रोजन तथा बिद्युतिय युग हो । आज हाइड्रोजन बाट रेल समेत चलिसकेका छन । बिश्व उर्जा परिसदको अध्यायन अनुसार नेपाल विश्वको तेश्रो ठुलो हाइड्रोजन उत्पादन क्षामता भएको देश हो र यहाँ उत्पादन भएको हाइड्रोजन विश्वलाइ बिक्रि गर्न सकिने अध्ययनहरुले देखाएको छ । जब कि युरोपमा उत्पादन भएको हाइड्रोजन प्रति केजी ४३ देखि ४५ पर्छ भन्ने विभिन्न अध्यायनहरुले देखाएका छन । नेपाल ढिला चाडो हाइड्रोजन उत्पादनमा नगई सुखै छैन बरु ढिला नगरी नियम कानुन बनाउन तर्फ अग्रसर हुन म सम्बन्धित निकायहरुलाई अनुरोध पनि गर्न चाहन्छु । विश्व मै पुरानो रेल प्रबिधि जनकपुरमा ल्याएर चलाई बार्षिक १० करोड घाटा निरन्तर बनाइरहने तथा बिधुतिय गाडिमा ट्याक्स बढाउँने राजनैतिक नेतृत्वबाट आशा त छैन तर सचेत युवाहरुले प्रयास जारि राख्नु पर्ने देखिन्छ । अहिले वार्षिक ३ खर्ब २० अर्बको पेट्रोल डिजेल मात्र आयात हुन्छ यसको बैकल्पिक भनेको हाइड्रोजन तथा बिद्युत नै हो त्यसैले सरकार यतातिर लाग्नुको बिकल्प छैन ।
हाइड्रोजन उत्पादनको हिसाबले कर्णाली निकै उपयुक्त ठाउ हो । त्यसका लागि कर्णाली विकाश मोडल तयार गरि द्रुत गतिमा मुलुकको जर्जर अवस्थाको अर्थतन्त्र धरासायी भएको शिक्षा प्रणाली भूराजनैतिक प्रतिस्प्रधाले निम्त्याएको जोखिम र यसको दिर्घकालिन असर कमजोर शासकीय क्षामता आम जनताको पहुचबाट अझै टाढा रहेको सार्बजनिक सेवा लगायत थुप्रै बिषयहरु हाम्रा ठुला चुनौतिहरु हुन । यी चुनौतीहरुका समाधान सहि ढंगले गर्न सकियो भने कर्णालीमा मात्र होइन नेपालबाट बिकाश र समृद्दीको संदेश बिश्वभरि दिन सक्छौ र बिदेशिएका लाखौ क्षमतावान व्यक्तिहरु आफै देशमा फर्किने वातावरण तयार हुन्छ ।
के यो अभियान कर्णाली बाटै शुरु गर्न सक्छौ ? हो अबश्य सकिन्छ त्यसको लागि नैतिकवान राजनैतिक नेतृत्व आबश्यक छ आजसम्म त्यो नेतृत्व कर्णालीले पाउन सकेको छैन अब आशा गरौ । राज्य बलियो भयो भने मात्र जनताको अनुहारमा खुसि झल्किन्छ र यस्ता महत्वपूर्ण योजनाहरुको निर्माणबाट जनता र देशको अबस्था परिवर्तन गर्न सकिन्छ जो अहिलेको आबश्यकता हो ।
आज सम्म देशले त्यो नैतिकवान नेताको अभाव झेलिरहेको छ । हाम्रो देशमा अझ धेरै कर्णालीमा गरिबी शुन्यमा झार्नु, भोकमारी हटाउनु, सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा लैंगिक समानता, शुद्ध खानेपानी तथा सरसफाई बिद्युत, आर्थिक बृद्दी उद्योग कलकारखाना तथा व्यबस्थित पूर्वाधार विकास असमानताको अन्त्य दिर्घकालिन रुपमा ब्यबस्थित गाउ तथा शहर गुणात्मक उत्पादन तथा खपत वातावरणीय सन्तुलन जमिन मुनिको जीवन जमिन माथिको जीवन शान्ति न्याय र बलियो सरकारी सस्थाहरु सहि उदेश्यका लागि एकताबद्द हुनुपर्ने अनिबार्य छ । यी कुराहरु गर्न कर्णालीमा भोकमारिबाट बच्न जनताले गरेका उत्पादनहरुबाट फुड बैंक स्थापना गर्ने सरकारी स्वामित्वका अन्तराष्ट्रिय स्थरका सुबिधासम्पन्न अस्पताल निर्माण ब्यबस्थापान संचालन गर्ने कलेज स्कूल रिसर्च सहित उच्च गुणस्थरका सामुदायिक बिद्यालय खोल्ने क्षामतावान प्रशिक्षक प्रबिधिमैत्री प्राबिधिकधार आवासिय सुविधासहित जातिय विभेद तथा असमानता बिरुद्द सचेतना अभियान संचलान राज्यका स्वामित्वका उद्योगहरु निर्माण गर्दै हजारौको संख्यामा रोजगारी सिर्जना गरि देशको अर्थतन्त्रमा टेवा पुर्याउनेको लागि कर्णाली उर्बर भुमि हो ।
ब्यबस्थित उत्पादन र खपतको योजना निर्माण एकीकृत बस्ति निर्माण, सुन्दर शान्त वातावारण, अनुकुलित सहर, निर्माण जनता सरकार प्राइभेट कम्पनि लगानीमा ठुल ठुला बिधुत आयोजना निर्माण, सिमेन्ट उद्योग, सडक भवन यातायात, प्रणाली रड उद्योग टाइल निर्माण सामाग्री निर्माण उद्योग, किवी कफी स्याउ, जडिबुटि उत्पादन तथा प्रसोधन औषधि डेरी भैसी प्रजनन केन्द्र तथा रिसर्च सेन्टर स्टार्ट अप सूर्यमुखी बगैचा जैतुनको तेल चिनी बिरुवा जिरो कार्बन २०३० सम्म डिजेल पेट्रोल पूर्णरुपमा बन्द गरेर वातावरण अनुकुलित बिकाशको अबधारणा सहित सामाजिक न्याय सामाजिक सुरक्षा सहितको बिकाश अबको अनिबार्य आवश्यकता छ । यसको लागि कर्णालीले दिर्घकालिन योजना दुरदृष्टि र कार्यान्वयन गर्न सक्ने राजनैतिक नेतृत्व कर्णालीले कुरिरहेको छ । प्रतिक्रियाका लागि manushahi17@gmail.com