लालबहादुर के.सी.
कुनै पनि ब्यक्ति सवै ज्ञान र गुणले परिपूर्ण भएर सवैभन्दा आफु मात्र जान्ने सीप लिएर आएको पनि हुँदैन र सवै विषयबस्तुहरुको एउटै ब्यक्तिले अध्ययन अध्यापन गरेर पनि साध्य हुन सक्दैन । त्यसकारण हरेक विषयबस्तु र क्षेत्रका वारेमा छुटाछुट्टै अध्ययन गरेर विषयबिज्ञता हाँसिल गर्न जरुरी र नितान्त आवश्यक हुन्छ । कुनै पनि काम कुराहरुमा अगाडि बढ्नका लागि योग्यता सीप र दक्षता हुनु सवैमा जरुरी हुन्छ । पेशाको मुल आधार नै शिक्षा हो भनिन्छ । राजनीति पनि एक प्रकारको पेशा नैं हो । त्यसकारण राजनीति गर्ने ब्यक्तिहरुसँग पद अनुसारको योग्यता पनि हुनु जरुरी छ । त्यसको साथसाथै सम्बन्धित विषयबस्तुहरुमा गहन र गहिरो अध्ययन हुन पनि झन बढी आवश्यक हुन्छ । राजनीतिलाई उद्देश्यमुलक, ब्यवहारिक वनाई परिस्थिती अनुसार चल्न र चलाउन निरन्तरता दिन जरुरी हुन्छ ।

नेता कार्यकर्ताहरु राष्ट्रप्रेमी, राष्ट्रियता प्रतिको समर्पण र लोकतान्त्रिक पद्धतिलाई आत्मसाथ गर्न सक्ने भावनाकको विकास गराई नैतिकवान, अनुशासित, स्वाबलम्बी तथा सिर्जनशिलताका साथ समाबेशी समाज निर्माणमा योगदान गर्न सक्ने क्षमता विकास हुन आवश्यक हुन्छ । यसका साथसाथै भाषिक शुद्धता, स्वच्छता र मृद्धिभाषी तरिकाले नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न उत्तिकै जरुरी हुन्छ । सँगसँगै सूचना तथा सञ्चार प्रविधिलाई प्रयोग गरेर जनचेतना फैलाउन र जगाउन पनि उत्तिकै आवश्यकता र जरुरी देखिन्छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीति र समसामयिक घटना र परिवेशको पनि अध्ययन गर्न उत्तिकै आवश्यकता र जरुरी हुन्छ । त्यसकारण आफ्ना छिमेकी राष्ट्रहरु हुन वा विश्वमा नैं प्रभाव पार्न सक्ने र चिरपरिचित राष्ट्रहरुको माहोल र परिवेशको बारेमा पनि बुझ्न र अध्ययन गर्न पनि उत्तिकै आवश्यक र जरुरी हुन्छ । यी परिवेशवाट तत्काल, मध्यकाल र दिर्घकालिन प्रभाव पर्छ कि पर्दैन भन्ने बारेमा पनि जानकारी लिन जरुरी हुन्छ । आन्तरिक र बाह्य प्रभावहरु के कस्तो हुन सक्छ भन्ने कुरामा हेक्का राख्न पनि जरुरी हुन्छ ।

नेतृत्व लिने र नेतृत्व लिएका नेता कार्यकर्ताहरुमा धैर्यधारण गर्न सक्ने गुण हुनुपर्दछ । जुन गुण भनेको मानवकै लागि आवश्यक गुण हो । यसको पालन गर्न अति जरुरी हुन्छ । अफ्ठयारो परेकै अवस्थामा पनि धैर्यले काम गर्न सक्नु पर्दछ । अरु बस्तुहरुको जस्तै मुल्य भए झैं मानिसको पनि मुल्य हुन्छ । तर मानिस किनबेच गरिने प्राणी होइन । मानिसको मुल्य त गुणको आधारमा हुने गर्दछ । बाहिरी देखावट, रुप, रङ, तौल, आकार र उपयोगिताको आधारमा तोकिंदैन । मानिसको मुल्य त वानी, ब्यवहार, सदाचार र मनका गुणमा निहित रहन्छ । यो कुरा बुझ्न अति भाव हुन जान्छ । यो मुल्य भनेको किनबेच गर्न सकिने वा साटफेर गर्न सकिने मुल्य पनि हुन सक्दैन ।
राजनीति गर्ने ब्यक्तिमा सदाचार, सत्य, आत्मसन्तुष्टि, शान्ति, प्रेम र अहिंसाको भाव जरुरी हुन्छ । मानिसको मनलाई असल बाटोमा हिडाउन र लगाउने तत्व वा विषयबस्तु भनेकै यिनै हुन । राजनीति गर्ने ब्यक्तिसँग रिस, डाहा, क्रोध, बैमानी, ढाँटछल र एकअर्काप्रति हेपाहा प्रबृति हुनुहुँदैन । यिनै मानिसका ठुला शत्रु र दुश्मन हुन । मानिस विभिन्न प्रकारका साथीहरुसँग साथ गर्दै आएको हुन्छ ता पनि असल साथी भनेका सर्वप्रथम त विचार र सिद्धान्त मिल्ने र राम्रो र असल बाटोमा लाग्न प्रेरित गर्दछन भने खराब साथीले नराम्रो बाटोमा हिडाउन पनि सक्छन् । त्यसकारण जहिले पनि राजनीति गर्ने व्यक्तिले सँधै असल साथीसँग संगत गर्न जरुरी हुन्छ ।

राजनीति गर्ने मानिसहरुमा अमिट इच्छा हुन्छन् ती इच्छाहरु सहजै पुरा गर्न सकिने हुँदैनन् र पुरा पनि हुन सक्दैन्न् । जसले पनि सीमा र सम्भावनाका इच्छाहरु राखेर आवश्यकता पुरा गर्न प्रयास गर्न जरुरी हुन्छ । मानिसमा अनेकौं आवेशहरु पनि पैदा हुन्छन् । ती समिप भएमा हामीलाई नैं दुःख दिन्छन् । यी यस्ता किसिमका आवेशहरु पैदा भएमा हामीलाई नैं हानी गर्दछन् । आफ्नो सिमा र दक्षता अनुसार ब्यवहार गर्न सकेमा मात्र तिनलाई नियन्त्रण गर्न सकिन्छ । राजनीति गर्ने ब्यक्तिले यी बारेमा पनि ख्याल राख्न जरुरी हुन्छ । यी कुरालाई ध्यान दिन नसकेमा लोभ पापस्य कारणमा हुन जान्छ र सुखको साटो दुख प्राप्त हुन्छ ।
राजनीतिमा सकारात्मक चिन्तन र ब्यवहार गर्न जरुरी हुन्छ । उचित ब्यबहार,सोंच र चिन्तन जहिले पनि गर्न सक्नुपर्दछ । अरुले आँफुप्रतिको हेराई र बुझाईमा पनि ध्यान दिनु पर्दछ । प्रत्येक ब्यक्ति, कार्य र घटनामा निश्पक्ष बन्न सक्दा सवैको हेराई र बुझाई सकारात्मक बन्न सक्छ । सकभर आँफुमा भएको क्षमताको पहिचान गरेर मात्र निष्ठापुर्वक काम गर्न सक्नु पर्दछ । स्वार्थ, इष्र्या र अहंकारको भावले मानिसलाई पतनतिर लैजान्छ र क्षमा, विश्वास र विनयले उन्नतितिर अग्रसर उराउँछ ।

पार्टीगत ब्यवस्था र भोटिङ प्रणली भएको देशहरुमा मतदाता भनेका पार्टीका खम्बा र कडी हुन भन्ने कुरामा द्धिबिधा छैन । यसवाट पार्टीका नेता तथा कार्यकर्ताले ठुलो हेक्का राख्न सक्नु पर्दछ । पार्टीका कार्यकर्ताहरुले मतदाताहरुलाई मामुली ठानेर गिज्याउने र जिस्क्याउने कदापि गर्नुहुँदैन् । जति सक्यो उति नैं आफ्नो पार्टीको चिन्हमा छाप लगाउने गरी प्रशिक्षित गर्न सक्नु पर्दछ । एक जना नेताले पचास जना कार्यकर्ता तयार गर्न सक्नु पर्दछ । ५० जना कार्यकर्ताले १ हजार जना मतदाता संख्या तयार गर्न सक्नु पर्दछ । पार्टीगत ब्यवस्था र भोटिङ प्रणालीमा सवै बलवान र निर्णायक भन्ने मतदाता हुन भन्ने कुरालाई कसैले पनि भुल्न हुँदैन र बिर्सनु पनि हुँदैन ।

पार्टीका कार्यकर्ताहरुले नेताको र नेतृत्वको सहयोग, आदेश र निर्देशनको पालना गरेर अगाडि बढ्ने र मतदाताहरुलाई पनि अगाडि बढ्न सक्ने अवसरका कार्यक्रमहरु संचालन गरी प्रशिक्षित गर्न सक्नु पर्दछ र कडा आलोचनाका शब्दहरु प्रयोग गरेर कार्यकर्ता तथा मतदाताहरुलाई बिचलन र अपचलन गराउनु कदापि गराउनु हुँदैन । यसको साटोमा कर्णप्रिय र मृदुभाषी शब्दहरु प्रयोग गरेर मतदाताको साँच्चिकै मनमा बिजन गर्न सक्ने शब्दहरुको प्रयोग गर्नुपर्दछ । नेताको चित्त बुझेन भने एक जना मात्र बिच्किने हो, कार्यकर्ताको चित्त बुझेन भने ५० जना बिछुटिने हो भने मतदातको चित्त बुझेन भने हजारौं जना बिछुटिन सक्छन । नेता कार्यकर्ताले यस बारेमा पनि ठुलो हेक्का राख्न सक्नु नैं ठुलो बुद्धिमानी हुन्छ ।
नेपाली नागरिक (मतदाताले) नेपालमा रहेका पार्टीका नेताहरुलाई आ–आफ्नो स्थानवाट एक एक गरेर चिनेका छन् र नजिकवाट नियाली पनि राखेका छन् । निर्वाचन नजिकै आउँदै गर्दा चिया पसल, चौतारो, पानी पँधेरो, गोठपात, घाँस दाउरा गर्दा सवै पार्टीहरु नेता कार्यकर्ताहरुको छलफल र चियोचर्चो गरेको पाइन्छ । साथै नेपालमा राणा शासन कालदेखि हाल सम्मको शासन गर्ने पार्टी नेता कार्यकर्ता र अन्य राजनीतिमा सम्बद्ध समाहित संघ संगठनहरुको बारेमा पनि कोही अनबिज्ञ छैनन् ।

राणा शासकहरुले नेपालमा शासन गर्दै गर्दा नेपाली जनताले शिक्षा प्राप्त गरे भने उनीहरु शिक्षित हुन्छन र उनीहरुमा ज्ञान चेतना प्राप्त भयो भने हाम्रो बिरोधमा उत्रिन्छन र हाम्रौ सत्ताच्युत गर्न सक्छन भन्ने कुराको डर त्रासले देशमा विद्यालय, महाविद्यालय र शिक्षालयहरु खोलेर शिक्षा दिने कार्यलाई बञ्चित गरेर नेपाली जनतालाई पिंजडाको सुगा वनाएर चारो पानी नैं नदिएर थुनेर राख्न चाहन्थ्यो । यति मात्र नभएर मानव प्रति जघन्य अपराध गरेर दमन शोषणमा राख्न चाहँदा चाहँदै पनि त्यो निरंकुश र तानाशाही शासनलाई नेपाली जनताले च्युत गरेर पतन गरेरै छाडे ।
राजाले वा शाही कालले पनि नेपालमा करिब ३ दशक भन्दा बढी वर्षको सेरोफेरोमा पञ्चायतको आडमा शासन सत्ता सञ्चालन गर्न सफल भयो भने राजाकै कुरा गर्ने हो भने १८२५ देखि २०६४ साल सम्म शासन सत्ता सञ्चालन ग¥यो र यसले पनि आफ्ना राजनीति स्वार्थ र सत्ता हत्याई राख्न आफ्ना हातेपाते र अगौटे पछौटेहरुको स्वार्थ सिद्धि गर्दै पनि २०६४ सालमा अवसान हुन पुग्यो ।
त्यसपछि नेपाली काँग्रेसले पनि २०१५ सालदेखि २०१७ सालसम्म र २०४८ साल चैत्रदेखि हालसम्म पनि छुटपुट रुपमा बाहेक शासन सत्ता चाहे स्थानीय तहमा होस, चाहे प्रदेश र चाहे संघमा होस कतै न कतै कुनै न कुनै रुपमा शासन सत्ता सञ्चालन गर्दै आएको कुरा सारा नेपाली जनताले अनुभव नगरेका होइन्न । सवै नेपाली काँग्रेसको चिन्तन, मनन र जबजब नेपालमा संकट परिआउँछ त्यतिवेला राष्ट्र र सत्ताको जिम्मा लिएर राष्टलाई दुर्घटनावाट बचाउँदै आएको पनि नेपाली जनतालाई जगजाहेरै छ ।

त्यसपछि नेपाल कम्न्युष्टि पार्टी एमालेले पनि शासन सत्ताको बागडोर बिच बिचमा सम्हाल्दै आएको कुरा पनि नेपाली जनताले पल पलमा बुझीरेहको कुरा सर्वबिवितै छ । जब–जब नेपाली जनताले बहुमत दिन्छन त्यतिबेला नै पार्टीलाई बेवास्ता गरेर एकलौटी कब्जा गर्न खोज्ने पार्टीलाई आफ्नो पेवा र बिर्ता ठानेर आफ्नो कम्पनी ठान्ने र एकलौटी तरिकाले पार्टी कब्जा गर्ने र पार्टीलाई गुम्हारमा पार्ने आफ्नो सत्ता स्वार्थ पुरा गर्न खोज्ने र नेपाललाई तहसनहस पारेर पार्टी फुटाएर नेपाल कम्न्युष्टि पार्टी सिध्याउने खेल खेलेको कुरा नेपाली जनताको आँखाले ताजै देखिराखेका छन । अँझै पनि नेपाली जनता हामीप्रति छन भनेर फुर्की लगाईरहेको कुरा पनि नेपाली जनताको आँखामा ताजै छ । वास्तवमा खास गरेर स्थानीय तहमा पनि तीनै दलका सरकार उदयमान भएर विद्यमान समयमा सरकार चलाईराखेका छन । कुनै पार्टीका सरकारहरुले स्थानीय तहमा जनताका समस्याहरु, मागलाई सम्बोधन गर्दै र विकासलाई प्रगतितिर लम्काउँदै सरकार चलाईरहेका छन भन्ने कुरामा द्धिबिधामा पर्नुपर्ने जनता र मतदातालाई कुनै पनि छुट्याउन सजिलो अफ्ठयारो नै छैन ।
पार्टीले कस्ता ब्यक्तिलाई टिकट दिनुपर्छ ।

१.सफलतापुर्वक नेतृत्व गर्न सक्ने ।
२.राष्ट्र, राष्ट्रियता, जनता र विकासप्रति कटिबद्ध ।
३.निष्पक्ष, पारदर्शी र बिबादरहित ।
४.शिक्षित, योग्य, दक्ष, स्वच्छ बिचार र शैली भएका ।
५.पार्टीप्रति कटिबद्ध रही सेवा गर्दै टेवा पु¥याएको र पु¥याउन सक्ने खुबी भएको ।
६.कतै पनि बिबादमा नमुछिएको र्निबिबादित ।
७.कर्णप्रिय, मृदुभाषी, मतदाताले मन पराउने र बिश्वास गर्ने ।
८.सवैको मन जित्ने मतदातालाई आफ्नो पक्षमा ल्याउन सक्ने ।
९.ढाँटछल र जालझेल नगर्ने ।
१०.मतदातालाई आर्थिक प्रलोभनमा नपार्ने ।
११.कानून जानेको र कानुनको पालना गर्न सक्ने ।
१२.पैसा कमाउने बिचार नभएर राष्ट्र र जनताको सेवा गर्ने मन भएको ।
१३.नेपालमा र समाजमा चलि आएको संस्कृतिको जगेर्ना र संरक्षण गर्न सक्ने ।
१४.शिष्ट, संयम, अनुशासित, कल्याणकारी र स्वयमसेवक आचरण भएको ।
१५.भ्रष्टाचारलाई निरुत्साहन गर्न सक्ने र आर्थिक लोभलाभ तथा भ्रष्टाचारमा नफसेको ।
१६.विचार र सिद्धान्तमा अडिग र कटिबद्ध ।
१७.आँफुले आफ्नो बिचार दिन सक्ने र अरुको विचारको सम्मान गर्दै ग्रहण गर्न सक्ने ।
१८.समान्ता र न्यायमा बिश्वास गर्ने ।
१९.विचारमा अबल, कार्यमा सबल र सफल ।
२०.प्रतिपक्षलाई कहिले कमजोर नसोच्ने ।
२१.जनमतको स्वीकार गर्न सक्ने ।
२२.समस्याको पहिचान गरेर सामाधान गर्न सक्ने ।
२३.सेवाप्रति सेवाभाव राख्न सक्ने ।
२४.प्रतिनिधिमा निर्वाचित भई स्वतन्त्र मध्यस्थता गरी विवादरहित बन्न सक्ने ।
२५.सहमति, सहकार्य गर्दै र सह–अस्तित्व स्वीकार गरेर अगाडि बढ्न सक्ने ।
२६.म भए ठिक अरु भए बेठिक भन्ने घमण्ड नगर्ने ।
२७.उत्तेजना र भडकाउ बिचार नभएको ।
२८.पार्टीवाट पुनः नदोहोरिएको ।
२९.समाबेशिता स्वीकार्ने बिचार भएको ।
३०.स्पष्ट र सुद्धभाषी ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto