सामान्यतयाः शिक्षा भन्नाले व्यक्तिमा रहेको अन्र्तनिहित प्रतिभाको उजागर गर्ने माध्यमलाई बुझिन्छ । जसले व्यक्तिको सर्वाङगीन विकासमा टेवा पु¥याउँछ । शिक्षाले नै व्यक्ति, समाज, देश र विश्वलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउँछ । शिक्षाको इतिहास केलाउँदा सुरुमा गुरुकुल शिक्षा प्रणाली थियो । जसमा गुरुले चेलालाई सिमित विषयवस्तुमा मात्र रटान लगाउने, बढी घोकाउने चलनथियो । फलस्वरुप सिकाइमा प्रभावकारीता, नयाँपनआउन सकेको थिएन । प्राचिन समयको शिक्षाप्रणाली २१ औँ शताब्दीमा आएर सुहाउने कुरा पनि भएन । समय गतिशिल छ । समयको गतिशिलता अनुसार नै नयाँनयाँविधि, पद्दति, प्रविधि र नवप्रवर्तन हुनु आवश्यकै हो । निरन्तर रुपमा विद्याआर्जन गरिरहने वर्ग नै विद्यार्थी हो ।
विद्यार्थीहरु स्वभाविक रुपमा जिज्ञासु,उत्सुक हुन्छन् । शिक्षामा सिकाइलाई प्रभावकारी, अर्थपूर्ण बनाउन विभिन्न अध्ययन, अनुसन्धान भईरहेको हुन्छ । यस्तै शिलशिलामा अहिलेको विश्व परिवेशमा स्टेमले शिक्षाको ढोका ढकढकाएको छ । यो शिक्षा विश्वमा प्रशस्त संभावनाका साथ फैलिरहेको छ । विश्वभरका शैक्षिक निकाएहरुले यसको सुरुवातका लागि लगानीबढाएकाछन् । वृहत समस्या समाधान क्षमताको विकास, डर विहिनता, समालोचनात्मक चिन्तन र जीवन्त अनुभव सबै मुलुकका लागि आवश्यक सक्षमताहरु र सीपहरु भित्रपर्छन । विकशित तथा विकाशिल मुलुकमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (Science Technology Engineering and Mathematics: STEM ) विषयको एकिकृत (Integrated) तथा एकल (Subject Speciffic) पाठ्यक्रमको विकास गरी विद्यालयतहदेखि उच्चशिक्षासम्म कार्यान्वयनमा ल्याएको पाइन्छ ।
स्टेम शिक्षाले परम्परागत प्रबचन विधिकाठाँउमा सोधपुछ, खोज, परियोजनामा आधारित र समस्या समाधान केन्द्रित सिकाइलाई जोड दिन्छ । स्टेममा समाहित दुई वादुई भन्दा बढीविषयहरुका मिल्ने प्रकृतिका विषयवस्तुलाई एकिकरणका माध्यमबाट सिकाइलाई अन्तर विषयक, अर्थपूर्ण सिकाइ अनुभवको रुपमा विकास गर्ने कुरामा विश्वास गर्दछ ।
जस्तैः गणित विषय अन्र्तगत घरायसी अङ्कगणितिय हिसाबहरु विज्ञानका विद्युत टेलिफोनका हिसाबहरुसँग मिल्छन्,यस्ता विषयवस्तुहरु विषय शिक्षकहरु एकआपसमा छलफल गरेर शिक्षण गर्नुपर्ने देखिन्छ । यस किसिमका अन्तरविषयक दर्शनहरुमा २१ औँ शताब्दीका सीपहरुकाबारे मागहिरोसँग बुझ्ने, विकास गर्ने र अभ्यासमा ल्याइने विषयले महत्वपाएको छ । स्टेम शिक्षा परिवर्तित समयमा विज्ञान,प्रविधि र इन्जिनियरिङ सोच केन्द्रित अवधारणा हो जसले श्रम बजारको जनशक्तिको मागमा आधारित भई सोहीअनुसारको शिक्षा र शैक्षणिक आयामलाई जोड दिन्छ । कक्षाकोठाको सिकाइ मानवजीवनका समस्याहरु समाधानमा सहयोगीहुनु पर्दछ । अन्यथात्यो समय र स्रोतको बरवादी मात्र हो भन्ने मान्यतालाई बलियो गरी पकडेको छ । २१ औँ शताब्दीका अतिखोजिने र रोजिने सीपहरुमा समस्या समाधान सीप, सञ्चार तथा सहकार्यात्मक सीप,व्यवहार कुशल सीप, समालोचनात्कम एंवम रचनात्मक चिन्तन सीप, खोज, अन्वेषण र नवप्रवर्तन सीपहरुको विकासका केन्द्रित धारणहो । (लुम्बिनी सरकार स्टेम जानकारी पुस्तिका)
नेपालको सन्दर्भमा शिक्षा निति २०७६ मा स्टेम शिक्षा सम्बन्धि उपयुक्त निति, लगानी, जनशक्ति विकास, पाठ्यक्रम समायोजन र शिक्षणपद्धतिको आधुनिकिकरण गरी विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित शिक्षालाई समग्रशिक्षाप्रणालीको अभिन्नअङ्गको रुपमाविकास र विस्तार गर्ने नितिगतव्यवस्था गरेको छ । यस नितिको कार्यान्वयनका लागि निम्नानुसारका रणनितिहरु तय गरिएको छ ।
१) विद्यालयतहको पाठ्यक्रम प्रारुप निर्माण र पाठ्यक्रम विकास गर्दा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितलाई विषय र विषयवस्तुको रुपमा समावेश गर्दै पाठ्यक्रम पाठ्यपुस्तक र पाठ्य सामग्रीलाई डिजिटाइजेशन गरी शिक्षण सिकाइ प्रक्रियामा सुधार गरिनेछ ।
२) पाठ्यक्रम र पाठ्यसामग्रीलाई परिवेश सापेक्ष परिमार्जन र अध्यावधिक गर्दा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित जस्ता विषयलाई उचित स्थान दिइनेछ ।
३) स्टेम शिक्षाको प्रर्वद्धन गर्न समुदाय संघसंस्था उघोग र आमसञ्चारका साधनहरुसंग शिक्षण संस्थाहरुले सहकार्य गरी असल अभ्यासहरुलाई प्रचारप्रसार र विज्ञान प्रविधिसम्बन्धि साक्षरताका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४) प्रारम्भिक तहदेखि नै विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसँग सम्बन्धित विषयहरुमा बालबालिकाहरुको रुचि सहभागिता संलग्नता र क्षमताविकास गर्न कक्षा र स्तर हेरी पाठ्यक्रमयसको मात्रापचास प्रतिशतसम्म पु¥याइनेछ ।
५) विद्यालय शिक्षाका विभिन्नविषयहरुमा (भाषा, साहित्य, कला, सँस्कृति, इतिहास, भूगोल आदि) समेत स्टेमको अवधारणा एकिकृत गरिनेछ ।
६) स्नातक र स्नातकोत्तर तहमा राज्यका लागि आवश्यक क्षेत्र पहिचान गरी स्टेम आधारित पाठ्यक्रम निर्माण गरिनेछ ।
७) स्टेम शिक्षा सम्बन्धि शिक्षाको प्रर्वद्धन गर्नका लागि संघीय र प्रादेशिक स्तरमाविज्ञानप्रविधि केन्द्र्र संग्रहालय अनुसन्धान तथा आविस्कार केन्द्र र प्लानेटोरियमको निर्माण गरिनेछ ।
स्टेम शिक्षा सम्बन्धि लुम्बिनी प्रदेशलेको आर्थिक बर्ष २०७७/०७८को नीति तथा कार्यक्रममा भएको व्यवस्था ः
विज्ञान, प्रविधि, इन्जिनियरिङक र गणितविषयलाइृ संस्थागत गरी शिक्षालाई प्रदेश विकासका लागि आवश्यक पर्ने मानवपुँजी निर्माणगर्ने संयन्त्रको रपमा रुपान्तरण गर्ने नितिलिएको र उक्त नितिको कार्यान्वयनका लागि निम्नानुसारका कार्यक्रमहरु अगाडि बढाएको छ ः
१) विज्ञान प्रयोगशाला सुदृढिकरण अन्र्तगतकक्षा ११ र १२ माविज्ञानविषय सञ्चालित ४० सामुदायिक माध्यामिक विद्यालयहरुमा स्टेम ल्यावको स्थापना,
२) विज्ञानशिक्षक स्वयमसेवक(स्टेम संयोजक) हरुको चयन र कार्यविवरणका आधारका परिचालन गरेको,
३) विज्ञान शिक्षामा कन्सोर्टियमको विकासका लागि १२ जिल्लामा कन्सोर्टियम विद्यालयको विकास गरी नमुना स्टेम ल्याव स्थापना गरेको ।
लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास मन्त्रालयअन्र्तगत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपूर, दाङले “आधार देखा” शोधपत्र दाङ र रुकुमपूर्व जिल्लाका सामुदायिक माध्यामिक विद्यालय(कक्षाः८(१२) को गणित र विज्ञानविषयको नतिजामा आधारित भई अध्ययन गरेको थियो । सो शोधपत्रमा शैक्षिक सत्र २०७४ र २०७५ मा दाङ जिल्लाको माध्यामिक शिक्षा उतिर्ण परिक्षामा गणित विषयमा डिप्लस भन्दा कम ल्याउने विद्यार्थी प्रतिशतक्रमशः ८५ र ७६ रहेको, त्यस्तै विज्ञान विषयमा डिप्लस भन्दा कम ल्याउने विदार्थी प्रतिशतक्रमशः ६० र ४८ रहेको छ । साथै शैक्षिक सत्र २०७४ र २०७५ मा रुकुमपूर्वको गणित विषयमा छात्रको तुलनामा छात्राहरुको डिप्लस भन्दाकम ग्रेड ल्याउने प्रतिशतकम रहेको छ । त्यस्तै विज्ञानविषयको नतिजा हेर्दा डिप्लस भन्दातल्लो ग्रेड ल्याउने विद्यार्थी प्रतिशतक्रमशः घट्दो क्रममा रहेको छ ।
विद्यालय शिक्षाको नतिजाबाट निरास हुने तर निरासमै रमाउने प्रवृतिको अन्त्य गरी विकास मानवप्रवर्तनको आयामलाई बलियोसँग आत्मसाथगर्न गणित विज्ञान विषयको आधारभूतज्ञानको अभावमा अबको समयमा व्यक्ति साक्षर हुननसक्ने र मुलुककालागि आवश्यकमानव संशाधन विकासको कल्पनागर्न पनि नसकिने हालको विश्व परिवेशलाई राम्रोसँग ग्रहन गर्नु पर्दछ । गणित र विज्ञानविषयमा सामुहिक सुधार गरी नवप्रवर्तन केन्द्रित शिक्षणका लागि इन्जिनियरिङ विषयको ज्ञानथप सहयोगी हुने अध्ययनले देखाएको छ । यसकालागि सबै बालबालिकाहरु आफैमा वैज्ञानिकहुन्, (Every Child is a Scientist) भन्ने मान्यतामास्टेम शिक्षा आएकाखोज अध्ययन र अनुसन्धानका नतिजाहरुलाई विद्यालय शिक्षामा योजनाबद्ध ढंगले समाहित गरी कार्यान्वयनमा लैजान सबै तहका सरकार र सम्बन्धित सरोकारवालाहरुको एकिकृत र समन्वयकारी पहल आवश्यक छ ।
अन्त्यमा विकास नियमित प्रक्रिया हो, यसको गति र मात्रा फरका हुन सक्दछ । विद्यालय शिक्षामा हालसम्मको क्रमिकविकासले अहिलेकै समस्याहरु समाधानमा सहयोगी बन्न सकिरहेको छैन् भने भविश्यमा पुर्वानुमान गर्न नसकिने समस्याहरुको समाधानका लागि हालको शिक्षा तथा शिक्षणका विधि,पद्धति र प्रविधिहरुमा परिवर्तनको विकल्प छैन । शिक्षाका माध्यमबाट उत्पादित जनशक्तिसँग समय सापेक्ष ज्ञान,सीप र सक्षमताको विकास गर्नमालागि स्टेम शिक्षामाध्यमबाट विद्यालयशिक्षाको रुपान्तरण एक महत्वपूर्ण र युग सापेक्ष विकल्पको रुपमाउजागर भैरहने छ ।