जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट लगायतका क्षेत्रमा लगाएको निषेधाज्ञा तथा एसिया सिल हटाएको छ । आज एक सूचना प्रकाशित गर्दै यसअघि जारी गरेको निषेधाज्ञा बर्तमान समयमा पुनः जारी गरिरहनु नपर्ने अवस्था देखिएकोले हटाईएको उल्लेख गरिएको छ ।
रुकुम पश्चिमका केहि ब्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि बजारका अन्य ब्यक्तिहरुलाई पनि संक्रमण बढ्ने अनुमान गर्दै प्रशासनले चारकिल्ला तोकेर भदौं १५ गतेबाट एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो । जसले गर्दा सदरमुकाम मुसिकोट खलंगा सहित आसपासका बजारहरु पुर्णरुपमा बन्द रहेका थिए भने आवतजावतमा पनि कडाई गरिएको थियो । निषेधाज्ञा हटेसंगै सोमबार बिहानबाट बजारहरु खुल्नेछन भने जनजीवन पनि सामान्य बन्दै जानेछन । निषेधाज्ञा हटाएको भएपनि कोरोना भाइरसबाट जोगिन सरकारले बेला बेला जारी गरेका निर्देशन र सूचनाको पुर्ण रुपमा कार्यन्ययन गर्न पनि अनुरोध गरेको छ । त्यस्तै प्रशासनबाट प्रदान हुने सेवामा समेत बारहरु तोकिएको छ । कस्तो सेवा कुन बार बिस्तृत बुझ्न तलको सूचना हेर्नुहोला ।
फेसबुक प्रतिक्रियाहरु