ताराप्रसाद खड्का ‘रेडस्टार’
१.
आजकाल खै कस्को जीवनमा आकी छौ ?
थाहा छैन खै कस्को जीवनसाथी भाकि छौं ?
तिमि विनाको जीवन पनि राम्रै चलिराछ यहा,
किनकि तिमिले पनि मलाइ गुमाकि छौ ।
२.
रगिंन जीवनमा पनि खै किन जालो लाउछ ?
उस्ले हाँस्दै भनी गोरो गए कालो आउछ ।
एकपल्ट राम्ररी सोचे अनि भनिदिए मैले पनि
यो पृथ्वी गोलो छ यहा पालो सबैको आउछ ।
३ .
सबैलाइ घर होइन यहाँ दरबार चाहियो ।
उनीहरुलाइ नि आजकाल कार चाहियो ।
यत्रो बर्ष लडियो समस्या जीउका तिउ,
सोचौ अब फेरी किन तरबार चाहियो ?
४.
निराशाका बिच पनि जीन्दगीमा झिनो आश छ ।
समस्यामात्रै देख्नेहरु भन्छन जीन्दगि वकवास छ ।
अधिकार सगै जिम्मेवारी थिचिएको जीन्दगी यो,
अलिकती खुशी अलिकति पिडा रत जीन्दगी खास छ ।
५.
यो मन, मुटु पनि साट्नु छ तिमिसंग ।
मनभित्रका रंगिन सपना बाढ्नुछ तिमिसंग ।
समस्यै समस्याले थिचिएको जीन्दगिमा,
बाकि पुरा जीवन काट्नुछ तिमिसंग ।
६.
बाहिर देखिन्छ एउटा सत्य अर्कै भित्र छ ।
पराइ ठानेको नी कोही साच्चै मित्र छ ।
बाँच्नु र मर्नुमा केही ग्राम सास त फरक हो,
बुझ्दैन कोही साँच्चै संसार विचित्र छ ।
७.
सहकार्य गरोस तर आफ्नै यात्रामा हिनोस ।
मेरो सापटि लिएर रगिंन सपनाहरु किनोस ।
तिमिले मलाई नचिनेनी गुनासो छैन केहि
मलाइ एकले चिनोस तर राम्रोसंग चिनोस ।
८.
अ भन साच्ची तिमि किन आकि हौ
के मलाइ फेरी चोट दिन आकि हौ
मेरो मुटु त तिमि संगै थियो त,
भनन अबत के लिन आकि हौ?