रुकुम पश्चिममा कोराना भाईरसको लक्षण देखिएका एक बिरामी अस्पतालमा भर्ना भएका छन । उनी ३ दिन अघि भारतको केरलाबाट जिल्लामा आईपुगेका थिए । रुकुम आठबिसकोट नगरपालिका घर भएका २० बर्षिय उक्त युवक हाल रुकुम सदरमुकाम सल्ले स्थित राप्ती समाज अस्पतालमा छन । जिल्ला अस्पताल सल्ले रुकुमका डा. राजकुमार भुजेलका अनुसार भारतबाट आएर पनि सदरमुकाम स्थित एक आफन्तको कोठमा बसेका थिए । जरो आउने, सुख्खा खोकी लाग्ने लगायतको कोराना भाईरसको लक्षण देखिएपछि उनी नजिकैको स्वास्थ्य संस्थामा चेक गराउन लगिएको थियो । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा समेत कोरोना भाईरस चेकजाँच तथा उपचारका लागि चिकित्सकहरुसंग आवश्यक सामाग्री नभएका कारण चेकजाँच तथा उपचार समस्यामा भैरहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto