मेगराज खड्का
रुकुम
कोरोना भाईरसको संक्रमणलाई जिल्लामा भित्रिन नदिन र त्यसको प्रभाबलाई नियन्त्रण गर्न जिल्लाका सुरक्षा निकायहरुले सक्रियता देखाएका छन । समुदाय साझेदारी कार्यक्रम अन्तरगत जिल्लास्थित सम्पूर्ण बिद्यालय र कलेजहरु,जिल्लामा भित्रिने र बाहिरिने यात्रुवाहक सम्पुर्ण सवारी साधन,आधिकारीक सामाजिक संजाल र पर्चा पम्लेट मा्र्फत बिगत १ महिनादेखी स्वास्थ सुरक्षा सावधानी र चेतनामुलक कार्यक्रमहरु सचांलन गरिरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीका अनुसार प्रहरीले हाल अफिस हाता, एयरपोर्ट लगायत सम्मूर्ण सीमा नाकाहरुमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय स्वास्थ्य बिज्ञसहितको संयुक्त टोलि आवश्यक साधनस्रोत सहित खटिएको छ । स्वास्थ्य सुरक्षा चेकजाचमा सहयोग पुर्याऊन प्रहरीले सबैसंग अनरोध गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु