मानवतावादी समाजवाद नेपालको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । समाजवाद पक्षधर राजनीतिक पार्टी र बौद्धिक चिन्तकहरुसंग बैचारिक छलफल चलाएर साझा संगठनमा गोलबन्द गर्दै मानवतावादी विचार सहितको समाजवादको प्रचार, प्रशिक्षण र प्रयोगात्मक अभ्यास गर्ने गरि उक्त साझा मञ्च निर्माण गरिएको हो ।

चन्द्रबहादुर विश्वकर्माको संयोजगत्वमा गठन गरिएको उक्त साझा मञ्चमा शरुण बाँठा मगर, उपेन्द्रलाल कामी, हरिबहादुर पुन, कर्णबहादुर नेपाली, केशव लोहनी, आनन्दलाल विश्वकर्मा, दर्शन राई, नयनसिं ओली, सुनिता मरिक र जामिया खातुन सदस्य रहनुभएको छ । विस्तृत विवरण तलको बैठक निर्णयमा पढ्नुहोस ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...