ह्याँती गर्ने कुरा : सह्रनी

Byआहा सञ्चार

२०७६ आश्विन २, बिहीबार १७:१६

एमएल ओली
“गर्ने कात्ने पछारी टप्पर टुँइयाँ अगारी” भन्दाइनी काम गर्नेले माम नपाउनु अनौटो मान्नु पर्दैन । उइछारी सप्पैभन्दा ज्यास्ता तारिप बसाउकै हुन्च । पुरस्कार, मानसम्मान, तक्मा, भुषण, विभुषण, गुणगान, चर्चापरिचर्चा अल्सिकै हुन्च भन्नु हुन्च । तवाँइका परिश्रमी चनाखाउ पालो ज्यानसम्म पनि आँन्न क्यारै । जुकजमानाले खार्रिया अइचेल्ला बाठ्ठा टाठ्ठाहरूले मान्ने कुरै आँन्न भन्चौं । मिठ्ठाउ बिवई नरहक्ने तित्ताउ नवई नचाक्ने खाल्लीया ता भइयौं । ह्यानु कोई कस्सैले नाम्रो काम ग¥यो भन्देखीन तेख्खो बिरोद मार्तै नभइकिन माबिरोद होइन्च । तवाँइको बिरोद गर्दारी बादुर भइन्च भन्ने मान्यता तथापुरै छ । जत्ति ग¥या पनि “यो नाम्रो र चाइना क्यारै त्यो ननाम्रो” भन्ने कोई भेट्टिन । कुरै गर्ने हो भन्या अइचेल्ला बिरोद्दा पारङ्गतहरूले नाम्राउ नै सुन्न चान्नन । उत्ता कर्मी मौरीले “मेरो तारिप गर्देमा नाम्रो हुँन्त्यो” भन्ने ठान्नु पनि जार्दो होइन । साबास्सीयौं ठाउँनु आलुचना सुन्दारी तमाँइको खप्पेरो तात्तिनै ता पायो । कागले कान लैइयो भन्दारी तवाँइको कान नछाम्कन कागौं पछि–पछि डुगुर्नेहरूलाई ता क्यार्न सकिन्च र ?
तवँइको खोलाले एक्कै मिलेट्नु खरप्पौं खरप काम गर्दारी “साब्बास छ होई” यो त कोले भनोई ? सईसह्रनी भन्नेसम्मौं आँट गर्दैन । तर तेई खोलो सप्पाई गर्दारी तवाँइको खर्चौ मार्तै बिरोद हुन्च । “अरबौं अरब स्वाहा” भन्दै बिरोद हुइन्च क्यार । बिरोद गर्नेले पनि चल्लाले तवाँइको रक्षानै खोस्रेई नि भन्नु हुन्च ? समस्या क्या को हो ? यस्कन कसरी टार्न सकिन्च ? त्यत्तापट्टि धेरैको ध्यायन जान्न भन्चौं । बिरोद मात्रै गर्नपाप्ची ठूल्लै मान्नाउ नाक्चो बनाउन पल्क्यिा ता भइयौं । तवाँइले सुन्नै नसक्ने डौला गन्गन्या कुराकाँन्नीहरू कोहुँनेले प्वाक्कै सुन्नाल्चौं । भन्ने अथल्लाले भन्नेल्च ता पनि सुन्ने थल्लाले मिलाइकिन शान्तिसित्त सुन्ने भइया हँुन्नो तो ? माँज्जो होला र क्या निउ पाउ र कन्निका बुकाउ भ्याहरूलाई क्यार्न सकिन्च र ? तवाँइका गुन्नासाहरू सुन्ने सुनाउने ठौंनी पर्दारी सुन्नेहरू मद्याले सक्केसम्म सुन्नै नपरोई ।

यदि सुन्नै पर्ने भ्याप्ची देउतै मन्स्यास्तो भया प ज्यानले गुण मान्दो । सुनाउनेले यताउती नच्याइकिन लाट्टाले गीद गाउदाइनी हुन्च ग्यार । बिरोद गर्नेउ र सनेउ तालमेल नहुनु नै मोख्या समस्या हो । यिनी दुइटा मद्ये एउटाले नाम्रालाई नाम्रो भन्न नसक्नु र अर्कोले कम्जोरीलाई स्वीकार्न नसक्नु क्या काइदा हो भन्नु हुन्च ?
कुनै ट्याम्मा तवाँईको बिरोद सुन्नहरूले सिमेत बिरोदीया बिरुद्ध नार्रा जुलुस लाल्चन कि भन्ने आशंका नउब्ज्यिाउ काँ हो र हुजुर ? बिरोद गर्नाउ पन्तै भाँती हुनुपर्ने । कत्तिसम्म, कल्लाई, कस्तोरी, क्यापत्ता बिरोद गर्ने भन्ने पत खुट्टिया प बिरोदौं पनि भाउभक्ति हुन्त्यो होला । ह्याँ ता क्यार्न कुरा गर्ने हो र ? माथ्थिदेखि तलसम्मौं, खान्नापिन्नादेखि पिन्नाखानासम्मौं, घर्साइदेखि उराइसम्मौं, डाँरावारीदेखि डाँरापारीसम्मौं, मनुख्या लोकदेखि अमनुख्यालोकसम्मौं तवाँइको ओक्काउने खाप्चीमाँट्ट बिरोद बाइक अरु सुन्नेला भन्ने हेक्का रहाक्नु बेकार्रै छ । यत्तिसम्म भया ता क्यार्दो तवाँइको कुक्रौं सुत्क्यारोदेखि माच्छाउ जुठ्ठोसम्म, उपियायौं उफ्राइदेखि उरिसौं डुक्राइसम्म, मच्छेरौं गीतदेखि झिङ्ङा पिउसाउ नाच्चाले सिमेत छुट पान्नन क्यारै । “उप्याँ फट्क्यान्चन् जौराउ काल” भन्दाइनी जख्खुरी ब्वाँसाहरू चोख्यान्चन् उई तवाँइको चुल्लाउ बिरालो र धेल्तेउ कुकुरले टोक्सी माङ्ङेल्च भन्चौं । जल्ले अहोरात्र डिप्टी गर्च उइले नौमुरी बिरोदौं साम्ना गर्नुपर्च । “भँयारीले चारो खायो तोरीको कप्ट्यारो, कान्नु औंटा कोच्दाखेरी सुन्नैको अप्ठ्यारो” पिर्रा बीच्च बीच्चमाँट्ट यस्तो गीद आयाउ हुनुपर्च ।

election adv.

जन्त्वास्ता जन्तुले बिरोद गर्ने बिरोदीलाई मित्र ठान्चन गरे । त्यस्तो पनि होल्ला र कत्तै ? भन्ने कोई कसैलाई लाक्न सक्च । त्यस उस्ले गर्दारी त्यस्को बारेमा बताउँदा नाम्रै होलास्तो लाउछ । पूर्खाले आफ्नो अनुभव यस्तोरी सुनाउचन् ः “जुन देश्नु बिरोदौं खुप्पै चिज हुन्च र बिरोदीले अल्ता गल्ताहरू कोट्याइदिन्चन तिनी देशले उधुम्मै गर्रेल्या । जुनजुन देश्नु बिरोदौं बई सुन्न गारो लाक्च र नाम्रोजाद्रो सप्पैको सोलोडोल्लो बिरोद हुन्च त्याँन्नु तवाँइका खुट्टा तान्ने प्रवृति झाँङ्न्चि गरे ।” तेई भइकिन प “मत्ता हर्चु आफ्नै चाल्मा, खुट्टा तान्दै गर” यो भाक्का आयो होला । यस्सो चियोचर्चा गर्दारी होकि होक्कि जस्तो पनि लाइयो भन्नु हुन्च । उइल फुरन्वा वाल्लाहरू या बज्जर थार्रा थ्या या त कुछट्टी थ्या ? अइचेल्लास्ता उइलै भ्याउ भया तवाँइका बाँदरा अन्न्वारले सिमेत जुनी फेर्रेल्त्यो होला । आज सप्पैका गो¥याटा, घो¥याटा, पाङ्¥याटा र टाइ¥याटाहरू च्याट्टै प¥या छन् । रातबिरात्नु हर्ने, नहर्ने जम्मैलाई फाइदै फाइदा भ्याउथ्यो । यदि तवाँइका कुर्राउ सुन्ति हुँन्त्यो भन्या जतातत्तै नाम्रै नाम्रो देख्याउथ्यो । वृद्धवृद्धाले भत्ता खाक्कैथ्यो, बेरोजगारी भत्ता पाक्कैथ्यो, गाइकले गीद गाक्कैथ्यो, नाइकले सीमापारीमाँट्ट पिरती लाक्कैथ्यो, भोक्काले खीर खाक्कैथ्यो, बालख्खले पर्न पाक्कैथ्यो । ह्याँती गर्ने कुरा क्या नपुकथ्यो र भन्नु हुन्च ? बिरोदीले बिरोद गर्रेल्चन भन्ने डरले सईसद्दर काम गर्ने रीति नछार्नोई । तवाँइको काग बास्तै जान्च पिना सुक्तै गर्च । समाप्त

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto