रुकुम पश्चिमको चौरजहारीमा आगामी बैशाख १० गतेदेखि महोत्सव हुने भएको छ । आयोजक संस्था सहिद स्मृति कला सांस्कृतिक संरक्षण मञ्चले विहिबार एक प्रेस नोट जारी गरेर महोत्सव आयोजना हुने जानकारी गराएको हो ।

जस अनुसार वैशाख १० गतेबाट २३ गतेसम्म वृहत् चौरजहारी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवको पाँचौँ संस्करण हुनेछ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष वीरेन्द्र विकले जानकारी दिए । उनका अनुसार महोत्सवमा स्थानीय मौलिक नृत्यहरूको प्रस्तुति, रोटे पिङ, भेरी पुल, फोटो प्रदर्शनी लगायतका आकर्षण रहने छन ।
चौरजहारी क्षेत्रका कला, संस्कृति, पर्यटन तथा व्यापार क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले निरन्तर महोत्सव आयोजना हुदै आएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...