हावाहुरीसँगै परेको असिनापानीले मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा हुँदा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउन भूमे गाउँपालिकाले जेसीबी परिचालन गरेको छ । तर, निरन्तर ढुंगा र लेदो खसेका कारण सडक खुलाउन समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...