बाख्रा पालनबाट मनग्य आम्दानी

Byआहा सञ्चार

२०७६ श्रावण १५, बुधबार १७:३६ गते

सत्य बटाला
आहा संचार संबाददाता

रुकुम पश्चिमका एक कृषकले बाख्रा पालन व्यवसाय बाट वार्षिक करिव ६ लाख रुपैया आम्दानी गर्दै आएका छन । जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर १२ स्यानी बार्खुका यज्ञ बहादुर पुनले बाख्रा पालन व्यवसाय बाटै वार्षिक करिव ६ लाख रुपैया आम्दानी गर्दै आएका हुन । उनले स्यानी बार्खुमा मौराखारा बाख्रा फर्म पनि स्थापना गरेका छन भने फर्ममा अहिले १ सय २५ वटा खरी तथा जमुनापारी जातका बाख्रा रहेका छन । कृषक पुनले विगत लामो समय देखी बाख्रा पालन गर्दै आए पनि वि.सं. २०७३ सालमा मौराखारा बाख्रा फर्म स्थापना गरेका हुन ।
उक्त बाख्रा फर्म स्थापना गर्दा १ सय ७० वटा बाख्रा रहेको र हरेक वर्ष बाख्रा विक्रि भैरहे पनि अहिले फममा १ सय २५ वटा बाख्रा रहेको कृषक पुनले बताए । उनका अनुसार फर्ममा अहिले २५ वटा खसी बोका र १ सय वटा बाख्रा रहेका छन ।
उक्त फर्मबाट प्राय जसो खसी बोकाहरु डोल्पा जिल्लामा विक्री हुने गरेका छन । केही दिन अघी मात्र २ लाख रुपैयाका बाख्रा डोल्पामा विक्रि भएको कृषक तथा फर्म सञ्चालक पुनले जानकारी दिए । उनका अनुसार खसी बोकाहरु सबै भन्दा बढी डोल्पामा विक्रि हुने गरेका छन भने गाउँ घरतिर पनि हरेक दिन विक्रि भैरहेका छन । बाख्रा राम्रो फस्टाएमा वार्षीक रुपमा ५÷६ लाख रुपँैया आम्दानी हुने कृषक पुनको भनाई छ ।
बाख्रालाई दाना खुवाउने, औषधी खर्च देखी लिएर घर खर्च सबै कटाएर वार्षीक रुपमा कम्तीमा पनि २ लाख रुपैया बचत गर्न सकिने उनले जानकारी लिए । स्यानी बार्खुमा प्रसस्त मात्रामा बन जंगल भएकोले बाख्रा पालन गर्न समस्या नभएको उनको भनाई छ । कृषक पुनलाई आठविसकोट नगरपालिकाले पनि राम्रो सहयोग गरेको छ । गत वर्ष मात्रै पशु सेवा केन्द्र आठविसकोटको वार्षीक कार्यक्रम अनुसार नगरपालिकाले उनलाई २ लाख रुपैया अनुदान दिएको थियो ।
विगत लामो समय देखी बाख्रा पालन गर्दै आएका कृषक पुनको बाख्रा पालन व्यवसायलाई झन मजबुद बनाउन तथा वास्तविक र मेहनती कृषकलाई छनोट गरी अनुदान दिने गरेको भन्दै उनको फमलाई दुई लाख अनुदान दिएको नायब पशु सेवा प्राविधिक कमल केसीले बताए ।
उक्त बाख्रा फर्मका सञ्चालक पुनले नगरपालिकाले दिएको २ लाख अनुदान रकम बाट ३६ वटा बाख्रा र एक ओटा जमनापारी जातको बोका खरिद गरिएको हो । बाख्रा पालन व्यवसाय बाटै राम्रो आम्दानी भएकाले रोजगारीका लागी अन्यत्र धाउनु नपर्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto