जयमान बुढा मगर/रुकुमपूर्व
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ काँक्रीका ५० वर्षीय श्रीमान बुढा मगरले वृक्षारोपण गर्दै आएका छन् । हरियाली गाउँ निर्माण गर्ने संकल्पका साथ २०६९ सालमा ६ सय विरुवा रोपेका हुन् । काँक्री स्वास्थ्य चौकी र जनजाति संग्रहलय काँक्री वरिपरी र सार्वजनिक क्षेत्रमा धुपी, सल्लो, देयर र ओखर गरी ६ सय विरुवा रोपेका छन् । अहिले उक्त रोपिएको विरुवा हुर्किरहेकोमा पुनः यो वर्ष विरुवा लगाएका हुन् ।

२०६९ सालमा विरुवा खरिद गरेर लगाएका हुन् । जसमा विरुवा खरिद गरी रोप्दा २५ हजार लगानी लागेको बुढाले बताए । यो वर्ष पहिलो पटक ६ सय ५० र दोस्रो पटक ६ सय लेकाली सल्लोका विरुवा काँक्रीको गर्वे बिसाउना र बर्जेम गहिरा क्षेत्रमा रोपेका छन् । जसको लगानी आफ्नै बेर्ना भएको हुनाले २७ हजार रकम बराबरको खर्च भएको उनले जनाए । उजाडिँदै गएको पाखापखेरा र गाउँका वरिपरी हरिलोभरिलो र भूक्षय रोक्न तथा उक्त विरुवा हुर्किएसकेमा दाउरा सोतरस्याउला जस्ता गाउँलाई फाइदा पुर्याइदिनुका लागि विरुवा रोपने गरेको बुढाले जानकारी दिए । उक्त काम पूरा गर्ने उद्देश्यले अहिले उनले आफैले लेकाली सल्लो, देयर, तुनी, दल्लु, धुपी र बकैना गरी कुनै यो वर्ष बेर्ना सार्ने र कुनै अर्को वर्ष बेर्ना सार्ने हुनेगरी करिव १२ हजारका विरुवाको नर्सरी लगाएका छन् । काँक्री गाउँका क्षेत्रधिकार भरिका पाखापखेरा तथा गोरेटो बाटो, बिसाउना चौतारो, सडक, विद्यालय र स्वास्थ्य चौकी जस्ता क्षेत्रमा हरियाली क्षेत्र निर्माण गरेर गाउँलाई नमूना गाउँ चिनाउने गरी आफूले सकेको सम्ममा निरन्तर रोपने बताए ।

election adv.

२०६९ सालमा लगाइएको विरुवा हुर्किरहेका छन् । जसले उक्त क्षेत्रमा अहिले सुन्दरताले भरिपूर्ण छाइरहेको वडा अध्यक्ष नरबहादुर बुढा मगरले बताए । ‘उहाँको त्यो निःशुल्क समुदाय समर्पित योगदान गर्नुभएकोमा अगामी दिनमा सम्मान अवश्य गर्ने छाँै ।’ सार्वजनिक क्षेत्र लगायत आफ्नो बारीमा पनि कागती, सुन्तला र स्याउ गरी २ सय विरुवा लगाएका छन् । आफ्ना पुर्खाले पनि सामाजिक काम गरेर समाजलाई चिनारीको रुपमा अहिले पाइराखेकोले आफूले पनि भावि पुस्ताका लागि काम गरेको बुढाले सुनाए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto