आहा स ञ्चार संबाददाता
राप्ती समाज अस्पतालको सहयोग र रातो तारा स्कुलको आयोजनामा भदौ ५ गते मंगलवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा तीन सय एकहत्तर जना अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
विद्यार्थीहरुमा विभिन्न प्रकारका रोगहरु देखिएको डा.युगल भट्टराईले बताएका छन् । डा.भट्टराईले भने—‘विद्यार्थीहरुमा दाँत,कान,मुख,टन्सिल टाइफाइड,निमोनिया,झाडापखाला जस्ता रोगहरु पाईयो । सामान्यलाई औषधि दिएका छौं भने अलि जटिल प्रकारका विरामीलाई अस्पतालमा जान सिफारिशन गरेका छौं ।’
गर्मी मौसमसँगै वर्षायामका कारण विद्यार्थीहरु वढी विरामी हुने र विद्यालयमा अनुपस्थित हुन थालेपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको रातो तारा स्कुलको प्रिन्सिपल रचना मल्लले बताइन् । प्रिन्सिपल मल्लले भनिन्—‘विद्यार्थीहरुमा ज्वरो आउने,रुघाखोकीले सताउने र पेट दुख्ने जस्ता समस्याहरु देखिएपछि स्वास्थ्य शिविर सञ्चालन गरेका हौं । यसबाट विद्यार्थीहरुको रोग पहिचान मात्र नभएर रोग लाग्नबाट बच्न पनि सघाउ पुग्नेछ ।’
सामाजिक उत्तरदायित्व महसुस गरी हामीले बेलाबेलामा हामीले विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको राप्ती समाज अस्पतालका प्रबन्धक गणेश गौतमले जानकारी दिए । प्रबन्धक गौतमले भने–‘यसपटक हामीले आफ्नै टोलको विद्यालय छनौट गरी करीब एघार हजारको औषधि वितरण गरेका छौं । सल्ले गाउँलाई रोगमुक्त बनाउने हाम्रो योजना रहेको छ । अब निकट भविष्यमा नै हाम्रो अस्पतालमा स्त्री रोग सम्बन्धी शिविर सञ्चालन हुँदैछ ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto