श्रीकृष्ण बुढामगर
रुकुम पुर्व भुमे गाउँपालिका ४ र ५ का ८७ बिपन्न घर परिवारलाई बाख्रा र बंङ्गुर बितरण गरिएको छ । पहाडी साना किसानका लागि अनुकुलन आयोजना आशा कार्यक्रम जिल्ला समन्वय इकाई रुकुमको आर्थिक सहयोगमा वडा नम्बर चार र पाँचका उक्त विपन्न घर परिवारलाई बाख्रा र बंङ्गुर दिएको आशा कार्यक्रमका सामाजिक परिचालक जालमाया बुढाले जानकारी दिईन ।
उनका वडा नम्बर ४ काँडाका ३१ वडा नम्बर ४ तल्लो साकिमका २७ र वडा नम्बर ५ डालिबाङका १६ घर परिवारलाई बाख्रा र वडा नम्बर पाँच सेराबाङका १३ घर परिवारलाई बुङ्गुर बितरण गरिएको हो । आर्थिक आय आर्जन कम भएकालाई जिविकोपार्जन गर्नका लागि आशा कार्यक्रमले विपन्न परिवारलाई बितरण गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)