समिर श्री
सल्यान
सल्यान बागचौर नगरपालिका ५ बाँगेलाखुरी, सेताढाँड, फारुला हुदै चौरचौरजहारी जोड्ने मोटर बाटो को ट्रयाक खुलेको छ । लामो समय सम्म अवरुद्ध हुदै आएको यो बाटोको स्थानीयको विवादका कारण सञ्चालन हुन सकेको थिएन । नगर प्रमुख लोकमान बुढाथाकीको उपस्थितिमा छलफलपछि समाधान निस्किएको हो । छलफलका क्रममा प्रमुख बुढाथोकिले २५ गते भित्र सडक अवरुद्ध गरिरहेका टहरा बजार व्यवस्थापन समितिको पहलमा हटाउन अनुरोध तथा निर्देशन दिएपछि ३ दिन अधि नै उक्त ठाँउ खÞाली गरि सडक सचालनमा आएको हो ।

election adv.

तर यस भन्दा पहिला पनि साना सवारी साधनहरु मोटरसाईकल र ट्याक्टर आवतजावत गर्ने गरेका थिए । नगरको थारमारे र बागचौर संगै बागेलाखुरी बजार लाई व्यापारीक केन्द्र बनाउने उद्देश्यका साथ यो सडकलाई रिंगरोड संग जोड्ने प्रतिबद्धता प्रमुख बुढाथोकीले ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto