जिएस खड्का
चौरजहारी
रुकुम पश्चिम चौरजहारीमा शिक्षकहरुका लागि बिद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम शुरु भएको छ । सेभ द चिल्ड्रेन को आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्तर्गत शिक्षा कार्यक्रमबाट चौरजहारीको द चौरजहारी होटेलमा तालिमको शुरु गरिएको हो ।
तालिममा स्वास्थ्य तथा पोषण कार्यक्रमको उदेश्य लक्ष्य विद्यालयमा बालबालिकाको जाँच, जुकाको औषधी खुवाउने, दिवा खाजा प्रवर्दन, वातावरणीय सरसफाइमा बालबालिकाको सहभागीता र बिद्यालयमा बिद्यार्थीहरुको हााजिरी पुस्तिका सम्बन्धि सिकाईने छ । तालिममा सानीभेरी गाँउपालिकाको सिम्ली, गरायला र चौरजहारी नगरपालिकाका नुवाकोट र खोलागाँउका ४० जना शिक्षक शिक्षिकाहरुको तालिममा उपस्थिति रहेको छ । तालिमको सहजीकरण चौरजहारी नगर शिक्षा शाखा प्रमुख धनन्जय आचार्य र एकिकृत परियोजना शिक्षा संयोजक केशवकुुमार विसीले गरिरहेका छन ।