आहा संचार संबाददाता
दाङ २४ माघ : दाङको दंगिशरण गाउँपालिका २ बंगलापुरको तुइसोतामा पक्की पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि डिटेल सर्वेको जिम्मा लिएको पिडिए ईन्टरनेशल कन्सलटेन्सिले आज (बुधवार) देखि सर्वेको काम थालनी गरेको छ । सवइन्जिनियर सन्दिप विश्वासको नेतृत्वमा आएको प्राविधिकको टोलिले डिटेल सर्वेको रिपोर्ट एक सातामा बुझाउने र त्यसको एक महिनामै माटो परिक्षण गर्ने प्रविधिक टोलिका प्रमुख सवइन्जिनियर सन्दिप विश्वासले जानकारी दिए ।
माटो परिक्षणको अधारमा डिटेल स्टमेट गरिने र त्यस लगतै पुल निर्काणका लागि सडक विभागले टेन्डर खुल्ला गर्नेछ ।

लामो समय पछि पुल निर्माणको काम थालनी गरिएपछि स्थानीय खुसि भएका छन् । प्राविधिकको टोलिलाई लिएर त्यहाँ पुगेका वडाका कर्मचारी देविराम कुसारीसंग स्थानीयले यसपटक प्राविधिक हिसावले वलियो ठाउवाट पुलको सर्वे गर्न आग्रह गरेका थिए । पटक पटक ठेक्का समेत भएर पनि पुल निर्माण हुन सकेको थिए । पुल निर्माणका लागि यस अघि सामाजिक सञ्जालमा खबरदारी देखि नेपाली काग्रेसका सभापति प्रकासमान वलिको नेतृत्वमा मागपत्र बुझाउने, भेटघाट तथा स्थलगत अनुगमन समेत गरिएको थियो । गएको साउनमा श्रम तथा रोजगार राज्य मन्त्री डिल्लिबहादुर चौधरी, तुलसिपुर उमनपाका मेयर घणश्याम पाण्डे, सदस्य विनोद पाण्डे, दिपक कुमाल, गाउपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा खड्का, वडा अध्यक्ष तुलसिराम देवकोटा लगाएतले स्थलगत अनुगमन गरेका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...