आहा टक
नाम : तुल देवकोटा
ठेगाना : बाँफिकोट गाउँपालिका ८, रुकुम पश्चिम
सचिब : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुकुम
- हिजोआज कता ब्यस्त हुनुहुन्छ ?
केहि घरायसी कामका साथै सांस्कृतिक कार्यक्रममा ब्यस्त छु । - तपाईको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल बिशेषगरी पढाईका संगसगै साहित्य र कलामा रमाउदै बित्यो । - सर्बप्रथम कलाकारिता क्षेत्रमा काम गर्ने अवसर कसरी मिल्यो ?
मलाई प्रेरणा दिनेहरु त धेरै हुनुहुन्छ । त्यस मध्य पनि सल्यानी सर्जक रमेश डाँगीको अली बढी साथ रहेको छ । - खासमा कलाकारीता क्षेत्रलाई कसरी बुझ्ने ?
कलाकारिता क्षेत्र मनोरञ्जनका साथै मुलुक र समाज रुपान्तरणको साधन हो । - तपाईले हालसम्म कतिवटा गीतहरु निकाल्नु भएको छ ?
मैले हालसम्म ४ वटा गीत निकालेको छु । जसमा आफ्नै आफ्नै पिर, रुकुम मुसिकोटमा भिर छ, राप्ती अञ्जल र एउटा सिंगारु रहेका छ । - यसमा पनि श्रोताहरुले निकै मन पराएको गीत कुन हो ?
ठाउँ अनुसार फरक फरक हुन्छ । जस्तो मेरो सिंगारु गीतले रुकुम र सल्यानमा धेरै माया पायो तर समग्रमा राप्ती अञ्चल अली चल्यो । त्यस्तै किरण बाबु पुनको लय शब्द तथा तुल्सी घर्ति र मेरो स्वरमा रहेको फुलको डाँली पनि सबैबाट राम्रो माया पाएको छ । - कलाकारीता क्षेत्रमा काम केहि त्यस्तो संमरण योग्य घटना छन ?
त्यति दुखदै घटना छैनन्, तर दुख त पाईन्छ त्यो स्वभाबिक पनि हो । यो क्षेत्रमा मात्र होईन अरु काम गर्दा पनि दुख त झेल्नु नै पर्छ । - रुकुमको कलाकारिता क्षेत्रलाई कसरी हेर्न सकिन्छ ?
रुकुम जिल्ला कलाकारिता क्षेत्रमा अब्बल नै छ । पछिल्लो चरणमा उत्साहजनक रुपमा लिन सकिन्छ । - जिल्लाको कलासंस्कृतिलाई थप संरक्षण गर्न के गर्नुपर्ला ?
यसको लागि हामी कलासंगीत संग आबद्ध ब्यक्ति मात्र होईन सबै सचेत नागरिक जुटेर आआफ्नो क्षेत्रबाट सहयोग र उद्भाव राख्नुपर्छ । - कलाकारिता क्षेत्रका लागि तपाईको बाँकी योजना के छ ?
म रुकुमको मौलिक लोककला सांकृतिकको संरक्षण अनी विकास र प्रचारप्रसार गरि कलाकलारितालाई पर्यटन र विकास तथा समाज रुपान्तरणसंग जोडेर अघि बढ्ने काममा कटिबद्ध भएर लागीरहने छु । प्रस्तुती :सुबास बटाला
फेसबुक प्रतिक्रियाहरु