मनिषा राई
रोल्पा ५, माघ :  रोल्पा नगरपालिका वडा नम्बर ४ को कार्यालय उद्घाटन गरिएको छ । भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गरेका हुन । भवन उद्घाटन समारोहमा निवर्तमान सभामुख ओनसरी घर्तीमगरको समेत विशिष्ट आतिथ्यता रहेको थियो । उक्त भवन रोल्पा नगरपालिकाको ६५ लाख ७५ हजारमा रुपैयाँको लागतमा निर्माण भएको रोल्पा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमानसिङ थापामगरले जानकारी दिए ।

स्थानीयतहको निर्वाचन सम्पन्न पछि रोल्पाको पहिलो वडा कार्यालय भवन निर्माण गरि उद्घाटन गरिएको हो । भवन उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य पुनले प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेला सरकारले निर्णयमा पुनर्विचार गर्नुपर्ने बताए । सिंहदरबार केन्द्रीत अधिकारलाई गाउँमा पु¥याउने संघीयताको मर्मविपरित प्रदेश केन्द्र तोकेर सरकारले गम्भिर गल्ती गरेको उनको भनाई रहेको छ । नेता वर्षमान पुनले सबैले अनुमान गरेको, उच्च अदालत र प्रदेश प्रहरीको अस्थायी केन्द्र पनि दाङमा राखिसकेको, निर्वाचन आयोगले समेत राष्ट्रिय सभाको निर्वाचनको लागि पनि अस्थायी केन्द्र दाङ तुलसीपुर राखिसकेको सन्दर्भमा सबैले अस्थायी केन्द्र दाङ नै हुन्छ भन्ने मानसिकता बनाइसकेका बेला आश्चर्य चकित पार्ने गरी निर्णय गरेको भन्दै त्यसको विरोध गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टाराई, जिल्ला समन्वय समितीका संयोजक राज वहादुर वुढा, जिल्ला समन्वय समिति अधिकारी सुशिल वैद्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको समेत उपस्थिति रहेको थियो । वडाध्यक्ष नवराज आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार देवि गुरुङले गरेकी थिईन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...