आहा संबाददाता
चौरजहारी ५, माघ : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा यस आर्थिक वर्षमा ९ किलो मिटर सडक कालो हुने भएको छ । रुकुम पश्चिम र सल्यानको सिमाना रहेको वाँसखोला देखि एयरपोर्टपोट, पुरानो वजार नयाँवजार, त्रिवेणी वजार घारीकापाखा हुदै विजयश्वरी सम्मको ७ मिटर सडक नयाँ शहरी कार्यालयले कालोपत्र गर्न लागेको हो ।

एक साता भित्र टेण्डर गरी काम तत्काल सुरु गरीने शहरी कार्यालयले वताएको छ । सडक कालोपत्रेको लागी ३० करोड रकमको स्टमेट गरीएको नयाँ शहर आयोजना प्रमुख ईन्जिनियर रञ्जनकुमार दासले जानकारी दिए । यो संगै चौरजहारी नगरपालिका भित्र नयाँ शहर आयोजनाले रिगंरोड वस पार्क निर्माण तथा अन्य ग्रामिण सडक निर्माण एवम ग्रावेलको काम संचालन गरीरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto