नेकपा एकिकृत समाजवादी जिल्ला समिति रुकुम पश्चिमको अध्यक्षमा सुरजकुमार परियार चयन हुनुभएको छ । पार्टीको नवौँ जिल्ला अधिवेशनबाट परियारको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कमिटी सहमतिमा चयन गरिएको हो ।

अधिबेशनको मंगलबार पार्टीका महासचिब घनश्याम भुसालले उद्घाटन गर्नुभएको थियो । नवनिर्वाचितहरुको विवरण बुधबार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको छ ।

जस अनुसार उपाध्यक्षमा दीपकराज खड्का र शेरबहादुर बोहरा, सचिवमा धनराज खड्का, उपसचिवमा हिरा रेउले पुरी, अमरराज पुन र खमबहादुर ओली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto