आज दिउसो ४ बजेर ३० मिनेटमा रुकुम पुर्व केन्द्रविन्दु भएर भूकम्प धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रुकुम पूर्व कोल केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भुकम्प गएको हो ।

भूकम्पको धक्का गए लगतै रुकुम पूर्व र पश्चिमका स्थानीय नागरिकहरुले सामाजिक सञ्जाल फेसबुकमा भूकम्पको धक्का महशुस भएको विवरणहरु सार्वजनिक गरेका छन । भूकम्पको धक्काको क्षती विवरणहरु भने अहिलेसम्म कुनै प्राप्त भएको छैन ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...