आज ११ जना कम्युनिष्ट युवा नेताहरु एउटै मञ्चमा जुटेर बहस गर्दैछन । विभिन्न अवसरहरु पारेर पछिल्लो समय नेपालका कम्युनिष्ट नेताहरु एकपछि अर्को सामुहित भेटघाट र बहस गर्न थालेका हुन । हिजोमात्र जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा नेपालका कम्युनिष्ट पार्टीका शिर्ष नेतृत्वहरुको जमघट भएको थियो भने आज नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा दोस्रो तहका कम्युनिष्ट युवा नेताहरु एउटै मञ्चमा देखिन थालेका हुन ।
आज विहान ११ बजे पूर्व प्रधानमन्त्री तथा वरिष्ठ कम्युनिस्ट नेता झलनाथ खनालको पुस्तक वहुदलीय जनवाद कि वैज्ञानिक समाजवादको विमोचन कार्यक्रम छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने उक्त कार्यक्रममा कम्युनिस्ट आन्दोलन, समकालीन राजनीति र विचारका विषयमा हुनेछ । उक्त कार्यक्रममा बत्ताहरुको रुपमा बामपन्थी नेता अमिक शेरचन, नेकपाका नेता डा. भिम रावल, देव गुरुङ, नेकपा एमालेका नेता युवराज ज्ञवाली, नेकपा सयुक्तका नेता घनश्याम भुसाल, प्रलोपाका नेता जनार्दन शर्मा, बामपन्थी नेता शान्ती मानवी, नेकपा माओवादीका नेता प्रकाण्ड, बैज्ञानिक समाजवादीका नेता आहुती, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला र नेकपा मसालका नेता प्रतिनिधी लगायतका नेताहरुको सहभागीता रहने छ । कार्यक्रमको आयोजना फाउन्डेशन फर पिस डेभलभमेन्ट एण्ड सोसलिजम रहेको छ ।
यसपटकको चुनावमा नेपालका कम्युनिष्ट पार्टीहरु नराम्रो हार खानु परेपछि बाम एकताको चर्चा र बहस चलिरहेको बेला हिजो शिर्ष नेताहरु र आज दोस्रो तहका युवा नेताहरु एकसाथ मञ्चमा देखिनुलाई नेपाली कम्युनिष्ट राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो पूर्व राष्ट्रपति बिद्यादेवि भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधबकुमार नेपाल र नेता झलनाथ खनाल एउटै मञ्चमा देखिएका थिए ।


