जेन्जी आन्दोलनपछि नेपालका शिर्ष ६ नेताहरु आज एउटै मञ्चमा जुट्दै छन । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा नेताहरु एउटै मञ्चमा देखिन थालेका हुन ।
यसपटकको चुनावमा नेपालका कम्युनिष्ट पार्टीहरु नराम्रो हार खानु परेपछि बाम एकताको चर्चा र बहस चलिरहेको बेला शिर्ष ६ नेताहरु एकसाथ मञ्चमा देखिनुलाई नेपाली कम्युनिष्ट राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । आज पूर्व राष्ट्रपति बिद्यादेवि भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधबकुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एउटै मञ्चमा देखिदै छन ।
मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठी दिउसो २ बजे उनीहरु सहभागी हुने कार्यक्रम छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस...

