नवराज बुढा
राजनीतिक संस्कार भनेको राजनीतिक दृष्टिकोण, मुल्य, मान्यता र नैतिकताको संयोजन हो । राजनीतिक संस्कार सामाजिक चेतना, प्रचलन, भाषा, भूगोल, व्यवहार र रणनीति जस्ता तत्वहरुले निर्धारण गर्ने गरेका छन । नेपाल बहुजातीय, बहुदलीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुक्षेत्रीय÷ भौगोलिक, बहुभाषिक, बहुपहिचान र अनेकौं परम्परा बोकेको मुलुक हो ।
यहाँ राजनीतिक समाजशास्त्रको दृष्टिकोणले हेर्दा उच्च राजनीतिक संस्कार नै देखिन्छ । यहाँ प्रत्येक जातिहरु, धर्महरु, भाषाभाषी, भेषभुषा, भिन्नभिन्न सांस्कृतिक पक्षहरूले आपसी सद्भाव, सहकार्य, समन्वय र सहयोग आदानप्रदान भएको देखिन्छ । उच्च राजनीतिक संस्कार हुन यी बाहेकका अन्य केही थप कुराहरू हुनुपर्छ । खासगरी उच्च राजनीतिक संस्कार हुनका निम्ति स्वतन्त्रता, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धा ,राष्ट्रिय समृद्धि, सामाजिक न्याय र समानता जस्ता तत्वहरुको जरुरत पर्दछ । उच्च राजनीतिक संस्कार पूर्ण रूपमा विश्वका विकसित राष्ट्रहरूले अपनाउने गरेको संस्कार बढ्ता भएता पनि छिटपुट नेपाली जनतामा पनि माथि उल्लेखित गतिविधिबारे नियाल्दा राम्रो राजनीति संस्कार देखिन्छ तर अधिक जनतामा त्यस्तो पाइदैन । राजनीतिक संस्कार भित्र राजनीतिक गतिविधिमा हुने विभिन्न प्रवृत्ति, व्यवहार, सोच, नैतिकता, कार्यक्रम, योजना, विचार, प्रतिस्पर्धा र सहकार्य पर्ने गर्दछन ।
राजनीतिक संस्कार राज्यसत्ता चलाउन, राष्ट्रको रुपरेखा कोर्न, जनताको जनजीविका विकसित बनाउन, परिचय स्थापित गर्न, जनपरिचालन गर्न, विश्वव्यापीकरण र विदेश नीतिमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने गर्दछ । सु–संस्कृत राजनीतिको परिकल्पना विश्वमा दोस्रो विश्वयुद्धपछि र नेपालमा पहिलो र दोस्रो जनआन्दोलनका बेलादेखि विकसित भएको पाइन्छ । यसरी हेर्दा सु–संस्कृत राजनीतिकका कुशल व्यवस्थापनका क्षेत्रमा उदाहरणीय रहेका विकसित राष्ट्रहरू फ्रान्स, अमेरिका, बेलायत, जर्मनी, कोरिया ,सिंगापुर, मलेसिया, फिनल्यान्ड लगायतका देशहरुमा स्थिरता र मेलमिलापका कारण त्यहाँ राजनीतिक सन्तुलित रहेको छ । त्यसकारण विकसित राष्ट्रहरू आफ्नो देशमा आन्तरिक एकतालाई मजबुत र प्रगाढ बनाएर नै आफ्नो छबि विश्वमा स्वच्छ र सम्पन्न राष्ट्रको रूपमा स्थापित गराएका छन ।
त्यस्तै उनीहरूले सुदृढ विदेश नीति, अन्तर्राष्ट्रिय बजारमा प्रभाव बाक्लो, विश्वव्यापीकरणको भरपुर फाइदा लिएका, अन्तर्राष्ट्रिय मञ्चमा व्यापक पहुँच पाउने र अन्तर्राष्ट्रिय फोरममा बलियो उपस्थिति देखाउने गर्दछन । त्यस्तै यिनीहरूले जल, जमिन र वायुको अध्यनमा पनि व्यापक रूपमा अध्यन गरि नयाँ नयाँ तथ्य पत्ता लगाउने गर्दछन । हामीले उनीहरूको शिक्षा, स्वास्थ्य ,रोजगारी, बालबालिकाको सिकाइ, मानवअधिकार, स्वतन्त्रता, कृषि, व्यापार, उत्पादन नीति, कानुन, प्रशासन, निर्वाचन, सत्ता सञ्चालन र शासन पद्धतिमा ज्यादै विकसित पाउने गर्दछौं । हामीले सामान्य उदाहरणका लागि त्यहाँका फुटबलको अवस्था मात्रै हेर्यौं भने एउटा फुटबल खेलाडीले त्यहीँ आफ्नो भविष्य सुनिश्चितता देख्दछ । त्यहाँका अन्य कारणहरुमा उद्योग कलाकारखाना, आधुनिक उपकरण र व्यापक खोज अनुसन्धानले गर्दा ती राष्ट्रहरूले समस्याको समाधान क्षण भरमै समाधान गर्ने गर्दछन ।
यद्यपि अहिले मैले विकसित राष्ट्रका अब्बल राजनीतिक बिशेषताका बारेमा जति चर्छ गरेको छु । ती देशहरुको राजनीतिक संस्कार आन्तरिक रूपमा नेपाली राजनीतिक संस्कार भन्दा उन्नत भएपनि अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारमा भने उत्रेको देखिदैन । विकसित राष्ट्रहरू जति आफ्नो आन्तरिक रूपमा स्वतन्त्रता, मानवअधिकार र न्याय, बहुदलीय प्रतिस्पर्धा, आपसी सहयोग, सद्भाव, सम्झौता ,राष्ट्रिय समृद्धि, सामाजिक न्याय र समानताको जती धेरै ख्याल राख्छन त्यसको विपरीत अन्तर्राष्ट्रिय राजनीतिमा हुने गरेको देखिन्छ ।
हामीले सबैभन्दा बढी मानवअधिकार, न्याय र स्वतन्त्रताको पक्षपाती भनेर चिन्ने गरेको अमेरिकाको अन्तर्राष्ट्रिय व्यवहारमा एकरूपता देख्न सक्तैनौं । यसको ज्वलन्त उदाहरण उसको देशमा आप्रवासी वा शरणार्थीहरुलाई त्यहाँका स्थानीयले गर्ने अपराधिक व्यवहार होस् वा गोली हान्ने व्यक्तिहरूलाई गरेको कार्वाही वा दण्ड होस । आप्रवासीहरु कुकुर झैं मारिने गरेको अमेरिकामा त्यहाँका स्थानीयलाई त्यस्तै व्यवहार भए उसले कि फासी दिन्छ कि उसले आजीवन कारावासको सजायबाट दण्डित गर्दछु । त्यस्तै विकसित राष्ट्रहरूले प्यालेस्टाइन हमास युद्धमा मारिएका र विस्थापित लाखौं नागरिकको बारेमा अमेरिका आबद्ध नेटोले त्यहाँको मानवता, स्वतन्त्रता र सामाजिक न्याय खोजेको देखिदैन । यता रुसले युक्रेनमाथी गरेको आक्रमण र त्यहाँका नागरिकको स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्याय कुन्ठित गर्ने गरि बर्बरता पुर्वक हमला गरिरहेको छ । त्यसकारण सु–संस्कृत राजनीति आफ्नो आन्तरिक राष्ट्रिय मामिलामा मात्रै होईन विश्वभर देखाउन वा प्रदर्शित व्यवहार देखाउन जरुरी छ ।
नेपालको राजनीतिक सु–संस्कार
नेपालको राजनीतिक संस्कार सैद्धान्तिक रूपमा बनिसकेको र व्यवहारमा शुन्य झैं देखिन्छ । हाम्रा राजनीतिक दलहरुका दस्तावेजहरुमा नम्रता भन्दा पनि बढ्ता गाली गलोज र आरोपप्रत्यारोप बढ्ता उल्लेख गरेका छन । यसलाई संकुचित राजनीतिक संस्कार नाम दिदा फरक पर्दैन । केन्द्रिय राजनीतिमा शिर्ष नेताहरूले अपुष्ट आरोपप्रत्यारोप, षड्यन्त्र, भ्रम छर्ने, नैतिक मुल्य मान्यतालाई कुल्चने र मिसन तथा भिजनको राजनीतिक मुल्य छोडेर परावर्तनको राजनीतिक संस्कार अंगिकार गरेका छन । नेपाली राजनीतिमा शक्ति र सत्ता केन्द्रित राजनीतिक संस्कार स्थापित भएकोले अन्तिम सास पनि सत्तामा नै जाओस् भन्ने मानसिकताको विकास भएको छ ।
सत्तामा कतिपटक जाने, कसले कति पैसा बुझाउने, भ्रष्टाचार कसरी गर्ने, सभा समारोह कति खर्च गर्ने, कति पैसाको तेल हालिदिएर युवाहरूलाई आकर्षण गरि र्याेलीमा सहभागी बनाउनेतर्फ केन्द्रित संस्कार छ । हाम्रो देशमा ईमानदार, विधि पुर्वक कार्य गर्ने, नियम कानुनको पालना गर्ने, सभ्य र असल नेतालाई अपमानजनक टिप्पणी गर्ने प्रवृति हावी भएको छ । त्यस्तै विषयगत ज्ञान नभएकोले सार्वजनिक तथा सरकारको नेतृत्व गरिरहेका कारण पनि हाम्रो देशमा सु–संस्कृत राजनीति फस्टाउन नसकेको साचो हो । हाम्रो देशमा नेताहरूले ५०–६० बर्षसम्म राजनीति गरे भनेर गर्व गर्दछन जबकि नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरण बारेमा पुरै बेखबर भएकोले पछिल्लो पुस्तालाई निराश बनाएको पत्ता छैन । राजनीतिमा सामुहिक मेहनतबाट सफलता हासिल गर्न सकिने कुरा जगजाहेर हुदाहुदै पनि नेतृत्व पंक्तिमा किन यति धेरै अरुप्रती अविश्वास बढेको होला ?
जनताको चेतना अनुसारका नेता
जस्ता जनता त्यस्तै नेता भन्ने एउटा चर्चित भनाइ छ । स्थानीय राजनीति अब्बल भयो भने प्रादेशिक र केन्द्रिय राजनीति आफैं स्तरिकृत हुने गर्दछ । हाम्रो देशमा ७५३ वटा स्थानीय तह र ६७४३ वटा वडाहरु रहेका छन । ती स्थानीय तह तथा वडाहरुमा शिक्षाको पहुँच, राजनीतिक मूल्य मान्यता ,राजनीतिक संस्कार, कानुनी राज्य ,नागरिक कर्तव्य , नागरिक मुल्य, बिचार, सिद्धान्त, मानवता, सामाजीकिकरण, दुरुपयोग ,भ्रष्टाचार, नागरिक खबरदारी, स्वतन्त्रता,सहकार्य, समन्वय जस्ता बिषयहरुमा बेलाबेला प्रशिक्षण तथा प्रयोगात्मक तवरले उनीहरूको क्षमताको वृद्धि बिकास गराउन जरुरत पर्दछ । त्यसो भयो भने मात्रै राजनीतिक संस्कार सभ्य, सामुहिक, राष्ट्रिय हित, मानवअधिकार, स्वतन्त्रता, सामाजिक न्याय, समानता जस्ता बिषयहरु संस्थागत हुन सक्दछन ।
अहिले हाम्रो स्थानीय तहहरुले राजनीतिक पुर्वाग्रह राख्ने, भ्रष्टाचार, बेथिति बढाउने, अन्धाधुन्ध विकासका कार्य बढाउने, व्यक्तिगत सम्पत्ति आर्जन कसरी गर्ने, कमिसन कताबाट वस कसले दिन सक्छ जस्ता ध्यान दिइरहेका छन । आफ्नो मानिसहरू कसरी ल्याउने, सरुवा बढुवा गर्दा कसरी हुन्छ पावर आर्जन गर्ने, जनतालाई सामुदायिक विकासका कार्यहरूबाट मुक्त गरि ठिक्का प्रणालीमा लैजाने र गुणस्तरीयता काम नगरी कार्य गर्नमा बढ्ता ध्यान रहेको छ । स्थानीय सरकारले दिगो विकास र दिगो महत्वपूर्ण रणनीतिक योजनाबाट चुकिरहेका कारण शैक्षिक तथा सामाजिकआर्थिक अवस्था झन्झन् खस्किएको छ । पर्यावरण बारेमा स्थानीय सरकारले पुरै बेवास्ता गर्दा बाढी पहिरो, आगलागी ,चट्याङ र विभिन्न रोगहरुको जोखिम दिनानुदिन बढिरहेको छ ।
वैकल्पिक राजनीतिक शक्तिको सु–संस्कृत राजनीतिमा भुमिका
वैकल्पिक राजनीतिक शक्तिहरूको सु–संस्कृत राजनीति (भतजष्अब ियच अगतिगचभम उयष्तिष्अक) मा भूमिका महत्वपूर्ण र प्रभावकारी हुनुपर्छ । यहाँ केही मुख्य बुँदाहरू छन्, जसले वैकल्पिक राजनीतिक शक्तिहरूको भूमिका स्पष्ट पार्न सक्छ ः
ज्ञ. सिद्धान्त र मूल्यमा आधारित राजनीति
वैकल्पिक राजनीतिक शक्तिहरूले सैद्धान्तिक स्पष्टता र मूल्यमा आधारित राजनीति गर्नु पर्छ । इमानदारिता, पारदर्शिता, सामाजिक न्याय, समानता, र समावेशीकरण जस्ता मूल्यहरूलाई प्राथमिकता दिनुपर्छ ।
द्द. पारदर्शिता र जवाफदेहिता
सु–संस्कृत राजनीतिको आधार नै पारदर्शिता हो । वैकल्पिक शक्तिहरूले आफ्नो कामकारबाहीमा पारदर्शी हुनुपर्छ र जनताप्रति जवाफदेही हुनुपर्छ । भ्रष्टाचार, गलत आर्थिक व्यवहार र अन्य अनियमितताहरूलाई हटाउन तिनले सक्रिय भूमिका खेल्नुपर्छ ।
घ. जनतालाई सशक्त बनाउने
वैकल्पिक राजनीतिक शक्तिहरूले नागरिकलाई सशक्त बनाउनुपर्छ । जनता र सरकारबीचको दूरी कम गर्दै जनताको आवाजलाई राजनीतिमा स्थापित गराउन प्रयास गर्नुपर्छ ।
द्ध. समावेशीता र विविधताप्रति सम्मान
वैकल्पिक शक्तिहरूले सामाजिक विविधता (जात, भाषा, धर्म, क्षेत्र आदि) लाई सम्मान गर्दै सबैलाई समेट्ने खालको राजनीति गर्नुपर्छ। सबै वर्ग र समुदायहरूको अधिकार सुनिश्चित गर्नुपर्छ ।
छ. शान्तिपूर्ण र लोकतान्त्रिक विधिहरू
वैकल्पिक शक्तिहरूले शान्तिपूर्ण आन्दोलन र लोकतान्त्रिक प्रक्रियाहरूलाई प्रोत्साहन गर्नुपर्छ । बल प्रयोग र हिंसात्मक गतिविधिहरूको सट्टा संवाद, छलफल र सहमतिको माध्यमबाट समस्याहरू समाधान गर्न प्रयास गर्नुपर्छ ।
ट. स्थिरता र दीर्घकालीन सोच
वैकल्पिक शक्तिहरूले अल्पकालीन फाइदाभन्दा दीर्घकालीन सुधारमा ध्यान दिनुपर्छ । समाजमा स्थिरता र दीर्घकालीन विकासका लागि ठोस योजना बनाउनु आवश्यक छ ।
ठ. नयाँ विचार र नयाँ विचारको प्रयोग
वैकल्पिक राजनीतिक शक्तिहरूले पुरानो संरचनामा मात्रै अडिनुभन्दा नयाँ विचार, प्रविधि र नवाचारलाई राजनीतिक प्रक्रियामा समावेश गर्नु पर्छ । यसले समाजको विकास र सुधारको बाटो खोल्न सक्छ ।
सु–संकृत राजनीति प्रवाहित गर्न युवाहरूलाई समुचित प्रशिक्षण र पाठ्यक्रममा राख्नुका साथै सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले समेत आफ्ना गतिविधि सञ्चालन गर्नुपर्छ । त्यस्तै नियम कानुनको दायरा फराकिलो पार्दै विधिको शासन मार्फत सुशासन कायम गर्नु पर्दछ । स्वदेशमै रोजगारी, व्यवसाय, व्यापार र कृषिको समुन्नति हुन जरुरी छ । त्यसका निम्ति परम्परा प्रणालीको सट्टामा प्रविधियुक्त र उत्पादनमा व्यापकता आउने खालको कृषि नीति जरुरी छ । वर्तमानमा व्यवस्था भएको शैक्षिक प्रणाली परिवर्तन गरि व्यवहारिक, तालिमयुक्त, सीपमुलक र प्रविधियुक्त शिक्षा हुन आवश्यक छ । शिक्षा, स्वास्थ र रोजगारीको ग्यारेन्टी हुनुपर्छ । त्यस्तै देशको शासन सत्तालाई स्थिरता दिन निर्वाचन प्रणाली फेरिनु पर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली तथा पुर्ण समावेशी तर प्रत्यक्ष बिधायक भए मात्रै राजनीति सुदृढ हुन्छ । त्यस्तै गरि नेपालका प्राकृति स्रोत साधनको समुचित बितरण र सच्चा सदुपयोगले मात्र राष्ट्रिय समृद्धि हासिल गर्न सकिन्छ ।
सु–संस्कृत राजनीतिमा सुचना प्रविधिको भूमिका अत्यन्त महत्त्वपूर्ण र सकारात्मक हुनुपर्छ । सुचना प्रविधिले राजनीतिक प्रक्रियालाई पारदर्शी, द्रुत, र जनसमुदायसम्म सजिलै पुर्याछउन मद्दत गर्छ । यसमा निम्न बुँदाहरू प्रमुख हुन्छन ।
ज्ञ.पारदर्शिता र जवाफदेहिता–
सूचना प्रविधिको प्रयोगले सरकारी कामकाजलाई डिजिटल प्लेटफर्महरूमा सारेर जनताले सजिलै पहुँच पाउन सक्छन् । यसले नीतिहरू र निर्णय प्रक्रियामा पारदर्शिता बढाउँछ ।
द्द. सार्वजनिक सहभागिता
अनलाइन सर्भे, जनमत संग्रह, र डिजिटल प्लेटफर्महरू प्रयोग गरेर जनता सीधै राजनीतिक प्रक्रियामा संलग्न हुन सक्छन् । यसले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिन्छ ।
घ. सूचना प्रवाह
सरकार र जनता बीचको सूचनाको आदान–प्रदानलाई छिटो र सटीक बनाउन प्रविधि महत्वपूर्ण छ । सरकारका योजनाहरू र सेवा प्रवाहबारे डिजिटल माध्यमबाट जनतालाई जानकारी दिन सहज हुन्छ ।
द्ध. दूरसञ्चारको पहुँच
प्रविधिले दुर्गम स्थानहरूमा रहेका जनतालाई पनि राजनीतिक प्रक्रियामा सहभागी गराउन सहयोग पुर्याणउँछ । यसले क्षेत्रीय विभाजन हटाउन मद्दत गर्दछ ।
छ. चुनावी प्रक्रिया
इ–गभर्नेन्स र इ–भोटिङ प्रणालीले चुनावलाई पारदर्शी, निष्पक्ष, र समयमै सम्पन्न गर्न सक्छ। यसले मतगणना प्रक्रियामा हुने ढिलाइ र त्रुटिहरूलाई पनि कम गर्छ ।
यसरी सूचना प्रविधिको सही प्रयोगले राजनीतिमा विश्वसनीयता, पारदर्शिता, र सहभागीताको स्तरलाई उच्च बनाउन सकिन्छ ।