– हस्तबहादुर केसी

“संसद बुर्जुवाहरूको गफ गर्ने थलो हो ।”
– कार्ल माक्र्स
“संसद भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो ।”
– माओ त्सेतुङ

अहिले नेपालमा दलाल संसदीय व्यवस्था चलिरहेको छ । वर्गीय समाजमा सत्ता वर्गीय हुन्छ । अहिलेसम्म नेपाल वर्गीय समाजमा विभाजित रहँदै आएको छ । नेपालको यो संसदीय व्यवस्था दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तवादी वर्गको राज्यसत्ता हो ।
आज नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ । यस सरकारको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले गरिरहेका छन् । तर वर्तमान नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीको बालेन सरकार रास्वपाको सत्ता होइन । किनभने रास्वपा मात्रै दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तवादी वर्गको पार्टी होइन । उसले वर्तमान संसदीय व्यवस्थालाई स्वीकार गरेको छ र वर्तमान नेपालको प्रतिक्रियावादी र पश्चगामी संविधान अन्तर्गत गत वर्ष २०८२ साल फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा झण्डै दुई तिहाई बहुत प्राप्त गरे पछि बलियो बहुमत सरहितको सरकार निर्माण गरेर सरकार मात्रै चलाइरहेको छ । सत्ता आफ्नो नभएकोले अहिले उसले आफू अनुकूलको सरकार चलाउन खोज्दा , भ्रष्टाचारहरूलाई मानव तस्करहरू लगायत विविध प्रकारका अपराधीहरूलाई कानुनी कार्यवाही गर्न खोज्दा पुरानो सत्ताको ३५ वर्षे सत्ताधारीहहरूले निर्माण गरेका ऐन कानुनहरू , अदालतहरूले उन्मुक्ति दिलाउने गरेका भइरहेको छ । सरकार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्व सञ्चालन भइरहेको भए पनि सत्ता चाहिँ परम्परावादी संसदीय पार्टीहरू नेपाली काँग्रेस , नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाली कम्युनिस्ट पार्टी नेकपा लगायतका शक्तिहरूले चलाइरहेको स्पष्टै छ । किनभने कानुन पुरानै छन् । संविधान पुरानै छ , अड्डा अदालतहरूमा उनीहरूले नियुक्त गरेकाहरू नै बोलवाला छन् । त्यसैले संसद भित्र र संसद बाहिर परम्परागत पार्टीहरूकै हल्लाहखोर छ ।

सबैलाई विधितै छ , ती ३५ वर्षसम्म शासन चलाएका देशमा राष्ट्रघातका सामान्य काण्ड मात्रै होइन कोसी , गण्डकी , महाकाली भारतलाई बेचेर ज्यान पाल्दै आएका, अमेरिकी साम्राज्यवादशीत एमसीसी जस्तो राष्ट्रघाति संझौता गरेर ज्यान पाल्दै आएकाहरूलेले देश र जनताको सम्पत्ति लुट्दै आएका र देशलाई आफ्नो वीरता जस्तो , जनतालाई विगतका सामन्तवादी राजा रजौटाहरूले व्यवहार गरेका जनतलाई भोट बैंक गराउँदै र ढाँट्दै आएको कुरा नेपाली जनताले उनीहरूको विकल्प खोजिरहेका थिए । एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायतका संसदवादी पार्टीहरूले समेत“ समाजवाद स्थापना गर्ने ” भन्ने भ्रमहरू छरेर भोट बटुल्ने र सत्तामा पुगेपछि नेपाली जनतालाई भेडाबाख्रा सरह व्यवहार गर्दै आएका थिए । तर जनताले विकल्प नपाएकै कारणले उनीहरूलाई संसदीय निर्वाचनहरूमा भोट खन्याइदिएर सत्तामा पुर्याउँदै आएका थिए । नेपाली जनताको करीब ८० प्रतिशत जनसंख्या कम्युनिस्टहरूको पक्षमा भए पनि क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारी कम्युनिस्टहरू रक्षात्मक अवस्था भएकोले, कम्जोर भएकाले उनीहरूलाईलाई वैकल्पिक शक्ति ठानिहाल्ने अवस्था नभएकोले उनै भ्रष्ट, अनैतिक, राष्ट्रघाति, जनघाति पार्टीहरूलाई भोट हाल्दै आएका थिए । त्यसैले नेपाली जनताले शान्तिपूर्ण तरिकाले भोगबाटै ती भ्रष्ट, अनैतिक, राष्ट्रघाति, जनघाति सिल्ली परम्परावादी पार्टीहरूलाई तिरष्कार गरेर गत २०८२ फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा भोटद्वारा सोत्तराण पारेपछि नयाँ भनिएको र उसले सुशासन र समृद्धिका नयाँ नारा दिएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खन्याइदिएर झन्डै दुई तिहाई नजिकको सरकार निर्माण गर्ने मौका दिएका छन् । जनताको यो निर्णय अस्थायी हो । भविष्यमा के हुन्छ त्यतिबेला कै परिस्थितिले तय गर्ने नै होला ।

देश अहिलेसम्म पनि अर्ध सामन्ती र नवआौपनिवेशिक अवस्थामै छ । कमरेड पुष्पलालले २००६ सालमा गरेको नेपाली समाजको वर्ग विश्लेषण अहिलेसम्म पनि उस्तै उस्तै छ भन्न खोजिरहेको होइन, नेपाली कम्युनिस्ट आन्दोलनको यस ७७ वर्षको अबधिमा ठूला ठूला जनआन्दोलन, जनसंघर्ष , सशस्त्र जनयुद्ध, वर्गयुध्दहरू सम्पन्न भएका छन् । जसले २०४ वर्षे जहानिया राणा शासन, ३० वर्षे निरंकुश, निर्दलीय, तानाशाही तथा फासिष्ट पञ्चायती व्यवस्थाको अन्त्य भयो र महान् दस वर्षे सशस्त्र जनयुद्धको जग्गामा सञ्चालन भएको २०६२÷ २०६३ सालमा सञ्चालन गरिएको १९ दिने संयुक्त जनआन्दोलनको परिणामले २४० वर्षीय सामन्ती राजतन्त्रातणमक राज्य व्यवस्थाको अन्त्य भएर आजको बुर्जुवा संघीय गणतन्त्र स्थापना भएको हो । देशमा पुँजीवादी क्रान्ति नभए कै कारण कारण अहिलेसम्म नेपालमा दलाल पुँजीवादको विकास भइरहेको छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य लक्ष्य, उद्देश्य नेपालमा महान् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद निर्माण गरेर वैज्ञानिक साम्यवादसम्म पुग्ने रहेको छ । तर झापा संघर्षबाट आएको नेकपा (एमाले) र महान् दस वर्षे जनयुद्धको विरासतमाथि टेकेर आएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) हालको नेपाली कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वले प्रतिक्रान्ति गरेर वैचारिक रुपमा विचलित भएर साम्राज्यवाद र विस्तारवाद र सबैखाले घरेलुु प्रतिक्रियावादी शक्तिहरूका सामु लम्पसार परेर वर्गीय रुपमा, राजनीतिक रुपमा, सांस्कृतिक रुपमा समेत आत्मसमर्पण गरेर दक्षिणपन्थी नवसंशोवाद हुदै प्रतिक्रियावादी कित्तामा सामेल पुग्यो । पटकपटक प्रतिक्रियावादी सरकारको नेतृत्व गरेर महाकाली जस्तो राष्ट्रघाति सन्धि गरेर, राष्ट्रघाति अमेरिकी एमसीसी सम्झौता गरेर महान् नेपाली जनता र राष्ट्रप्रति गध्दारी गरेकै कारण महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न हुन सकिरहेको छैन । जसका कारण महान् नेपाली जनताका नेपाली नयाँ जनवादी क्रान्तिका सपनाहरू पुरा हुन सकिरहेका छैनन् । हजारौं महान् शहिदहरूका क्रान्तिका सपनाहरू पुरा हुन सकिरहेका छै । हजारौं घाइते, अपांग र राज्यद्वारा विपत्ता पारिएका नेपाली जनताका महान् नेपाली क्रान्तिका सपनाहरू पुरा भएका छैनन् , अधुरै छन् अपुरै छन् ।
त्यसैले वर्तमान दलाल संसदीय व्यवस्थाले आम नेपाली जनताको गास ,बास र कपासको पूर्ण व्यवस्था गर्न सक्तैन । जनताको जीवनमा आमूल परिवर्तन गर्न संभव छैन । यस ३५ वर्षको अबधि संशोधनवादी , दक्षिणपन्थी , संसदवादी कम्युनिस्टहरूले समाजवादको नारा दिए । एमालेले त “समृद्ध नेपाल, सुखी नेपाली” को गुलियो नारा दिएर जनतालाई ढाँट्दै र झुक्याउँदै आएको छ ।
अब नेपाली जनता पनि ती संसदवादी, दक्षिणपन्थी संशोधनवादी नक्कली तथा नामधारी कम्युनिस्टहरूको भ्रमजालबाट मुक्त हुँदै छन् । त्यसैले महान् नेपाली नयाँ जनवादी क्रान्तिका कार्यभारहरू बाँकी नै छन् । ती कार्यभार मात्र माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शकमा मार्गदर्शनको निर्देशनमा अडीक क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले मजदुर – किसान एकताको आधारमा, राष्ट्रिय पुँजीपति वर्गदेखि शहरीया, धनी किसानदेखि तलको कृषि मजदुरसम्मको सहयोग र समर्थनमा गरिने महान् नयाँ नेपाली जनवादी क्रान्तिले मात्र आम नेपाली जनताको भाग्य र भविष्य निर्धारण गर्नेछ । राष्ट्रिय स्वाधीनताको रक्षा गरेर स्वाधीन, स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न नेपाली जनता भएको नेपाल निर्माण गर्नेछ । राष्ट्रिय पुँजीको विकास गर्ने, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका सबै क्षेत्रमा आमूल परिवर्तन गर्नेछ । रोजगारीको सिर्जना गर्ने छ । बेरोजगारी गणेश नेपाली जस्ता युवाहरूले आफ्नै शरीरमा पेट्रोल छर्केर आतमदाह गर्नुपर्ने परिस्थितिको अन्त्य हुनेछ । रोजगारीका लागि विदेशी भूमिमा कमारो बन्नु पर्ने अवस्थाको अन्त्य हुनेछ र स्वाभिमानका साथ आफ्नै देशमा उच्चस्तरीय स्वाभिमानका साथ हरेक नेपालीले बाँच्न पाउने छन् । नेपाली जनता नेपाल राष्ट्रियका साँच्चिकै मालिक बन्नेछन् । त्यो आमूल परिवर्तन मात्रै महान् नयाँ नेपाली जनवादी क्रान्तिबाट संभव छ । त्यसले नै साम्राज्यवाद र सामन्तवादको आडभरोसा र निर्देशनमा चल्दै आएको नेपाली दलाल पुँजीवादी पुँजीवादी , प्रतिक्रियावादी संसदीय व्यवस्थालाई ध्वस्त पारेर नयाँ जनगणतन्त्रातणमक व्यवस्था निर्माण गर्नेछ र महान् नेपाली जनताले २००६ सालदेखि नै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले बाँड्दै आउँनु भएको र महाने नेपाली जनताले देख्दै आउँनु भएको महान् नयाँ नेपाली जनवादी क्रान्तिका सपनाहरू साकार हुनेछन् , अधुरा सपनाहरू पूरा हुनेछन् र महान् नेपाली जनताको हँसिलो मुँहारसैग नेपाल देश पनि विश्व जनताको सामु साँच्चिकै विश्व उच्च सगरमाथामाको काखमुनी चम्कि रहनेछन्, हाँसीहाँसी रहनेछन् ।

यो खुसियाली प्राप्त गर्नका निम्ति, उज्याला दिनहरू हेर्नका निम्ति पहिलो नम्बरमा गैर संसदीय, क्रान्तिकारी खेमाका भित्र जुन कायम रहेको विभाजित अवस्था छ, यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई, महान् नयाँ नेपाली जनवादी क्रान्तिलाई ठूलो क्षति पुर्याउँदै आएको छ । यो विभाजित आन्दोलनलाई भागबण्डा, दलगत तथा गुटगत स्वार्थका आधारमा होइन, सिध्दान्त, विचार, दर्शन, कार्यक्रम नीति, कार्यक्रम, योजना, लक्ष्य र संगठनका आधारमा गरिनुपर्छ । आन्दोलन भित्र कायम रहँदै आएको व्यक्तिपूजा, श्रध्दावाद, व्यक्तिवाद जस्ता गैर माक्र्सवादी चिन्तन र विकृत संस्कृतिको अन्त्य गर्न जरुरी छ । पार्टी नेतृत्व निर्माण र परिचालन संबन्धि परम्परावादी संस्कृतिको अन्त्य गरिनु अनिवार्य छ । आन्दोलन भित्र अधिभूतवाद, सारसंग्रहवाद, श्रध्दावादको अन्त्य गर्न जरुरी छ । मूलतः यस धाराले महान् नेपाली नयाँ जनवादी क्रान्तिकाको मुख्य बाधकका रुपमा खडा हुँदै आइरहेको दक्षिणपन्थी संशोधनवादलाई भीषण वैचारिक संघर्षको हतियारले चक्नाचूर पार्न अनिवार्य छ । यी कुराहरू गरिरहँदा , छलफल र बहस गरिरहँदा के कुरा भुल्नु हुँदैन भने महान् नेपाली नयाँ जनवादी क्रान्ति आवसकीय, अनिवार्य, अपरिहार्य र अवश्यम्भावी छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...