रुकुम पश्चिमको सदरमुकाम खलंगामा रहेको विजयश्वरी सेकेन्डरी इङलिस मिडियम बोर्डिङ स्कुलले यस पटकको एसईई नतिजामा शत प्रतिशत नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै शतप्रतिशत नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयबाट एसईई परीक्षमा सहभागि भएका विद्यार्थीले ३ दशमलव २४ देखि ३ दशमलव ९६ जिपिएसम्म ल्याएर उर्तिण भएका छन् । उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालयले बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।

यसपटकको एसईई परिक्षामा रुकुम पश्चिमबाट ७९ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । नतिजा अनुसार रुकुम पश्चिमबाट ७९ दशमलव ९० प्रतिशत अर्थात २ हजार ९ सय ४३ विद्यार्थी उर्तिण भएका हुन् । शिक्षा विकास तथा समन्यय इकाइ रुकुम पश्चिमका अनुसार साधारणतर्फ कुल ३ हजार ६८३ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २ हजार ९४३ जना ग्रेडेड भएका छन् । विस्तृत तलको विवरणमा हेर्नुहोस ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...