नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा नन्द बहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन । शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेस १५ औं महाधिबेशन अन्तरगत ८ औं जिल्ला अधिबेशन गरेर सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।
जसको सचिवमा षडानन्द गौतम चयन भएका छन ।
जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यहरु, क्षेत्रिय प्रतिनिधीहरु र महाधिबेशन प्रतिनिधीहहरुको विवरण केहि समयमा निर्वाचन समितिले घोषणा गर्ने जिल्ला अधिबेशनका लागि केन्द्रीय प्रतिनिधि तोकिएका यमबहादुर केसीले जानकारी दिए । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले यसअघि नै महाधिबेशन गरिसकेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...

