मेगराज खड्का
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिमबाट १२ जनाले उम्मेदवारी दिएका छन । तर नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले आफ्नो उम्मेदवारी निस्कृय पारेर प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरलाई समर्थन गरेपछि हाल ११ जनाको मात्र उम्मेदवार सक्रिय छ ।

मतदान गर्नुअघि आफुले मत दिन लागेको उम्मेदवार कस्तो हो भन्ने जनताले जान्न बुझ्न पनि जसरी छ । जसमा केहि उम्मेदवार रुकुमको जनतामाझ चिरपरिचित ब्यक्ति भएपनि केहि उम्मेदवार नयाँ अनुहार पनि छन । प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट जनार्दन शर्माले उम्मेदवारी दिएका छन । ६२ बर्षिय शर्मा जिल्लाको मात्र नभएर राष्ट्रिय राजनीतिमा परिचित पात्र हुन । शर्माले लगातार रुकुम पश्चिमबाट प्रतिनिनिसभा सदस्यमा भारी मत सहित जीत्दै आएका छन । स्नातक सम्मको अध्ययन गरेका शर्माले शान्ति तथा पुनःनिर्माण, गृह, अर्थ र उर्जा मन्त्री लगायतका महत्वपूर्ण राजकीय जिम्मेवारी समेतको अनुभव छ ।
नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्माले उम्मेदवारी दिएका छन । शर्माले स्नातक सम्मको अध्ययन गरेका छन । ४८ बर्षिय शर्मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएको अनुभव छ । नेपाली काँग्रेसको तर्फबाट राजु केसी उम्मेदवार बनेका छन । ४४ बर्षिय केसी व्यवसाय र विभिन्न सहकारी संस्थामा जोडिएर काम गरेको अनुभव छ । उनले बालकुमारी मावि काठमाण्डौबाट एलएलसी सम्मको शिक्षा हाँसिल गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार मान बहादुर शाही बनेका छन । ३९ बर्षिय शाहीले स्नातकोत्तर तह सम्मको अध्ययन गरेका छन भने इन्जिनियरिङ डिजाईन र सुपरभिजन क्षेत्रमा अनुभव छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्काले उम्मेदवारी दिएका छन । ४२ बर्षिय खड्का प्रबिणता प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गरेका छन । उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी उम्मेदवार बनेका छन । ४८ बर्षिय केसीले स्नातकोत्तर तह सम्मको अध्ययन गरेका छन भने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थामा लामो कार्यअनुभव बटुलेका छन ।

नेकपा माओवादीबाट चन्द्रबहादुर बुढा उम्मेदवार बनेका छन । ३७ बर्षिय बुढा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छन भने सिभिल इन्जिनियरिङ क्षेत्रको पनि अनुभव रहेको छ । नेपाल मजदुर किसान पार्टीको तर्फ धनबहादुर बिक उम्मेदवार बनेका छन । ४३ बर्षिय विक प्रमाणपत्र तह सम्मको अध्ययन पुरा गरेका छन भने २५ बर्षदेखि राजनीतिमा क्रियासिल रहेको अनुभव छ । आम जनता पार्टीको तर्फबाट प्रेमा दमाई नेपाली उम्मेदवार बनेकी छिन । ४४ बर्षिय नेपालीको आधारभूत तह सम्मको शैक्षिक योग्यता रहेको छ । उनीसंग १० बर्ष लामो राजनीतिक अनुभव पनि छ । राष्ट्रिय जनमोर्चाबाट सत्य नारायण श्रेष्ठ उम्मेदवार बनेका छन । ६२ बर्षय श्रेष्ठले आठ कक्षा सम्म अध्ययन गरेका छन । त्यसैगरी नेकपा संयुक्तको तर्फबाट शेरबहादुर केसी उम्मेदवार बनेका छन । ७० बर्षिय केसीले प्रमाणपत्र तह सम्मको अध्ययन गरेका छन । (उम्मेदवारहरुले निर्वाचन आयोगमा बुझाएको विवरणको आधारमा तयार पारिएको)

उम्मेदवारहरुको थप ब्यक्तिगत विवरण थाहा पाउन यहाँ क्लिक गर्नुहोस ।

 

फेसबुकमा प्रतिक्रिया दिनुहोस...