रुकुम पश्चिमको पितिवाङ खोलाको मोटरयवल पुल छिटो निर्माण गर्न समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले ज्ञापनपत्र बुझाएको छ । मोर्चाले एक टोलीले आज प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझदै प्रमुख जिल्लाम अधिकारी पन्तले उक्त पुल छिटो भन्दा छिटो निर्माणको काम थाल्न आफ्नो तहबाट पनि बेला बेला पहलकदमी लिईरहेको बताउदै ज्ञापनपत्र प्राप्त पछि थप पहल गर्ने प्रतिक्रिया दिए ।

मुसिकोट नगरपालिका वडा नं. ११ र १२ मा पर्ने पितिवाङ खोलाको पुल पहिलो पटक ठेक्का सम्झौता भएको ४ बर्ष सम्म पनि प्रगति हुन सकेको छैन । राप्ती लोकमार्ग पर्ने यस सडकखण्डको पुल सडक सञ्चालन भएको १७ बर्षसम्म पनि नबन्दा बर्षातको समयमा यात्रु तथा सवारीसाधानहरु आजातजावतमा समस्या भोग्दै आएका छन । संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारी विच २०७६ असारमा ४ करोड १२ लाख बढी रकममा निर्माण सम्झौता भएपनि हालसम्म पनि निर्माण कार्य अलपत्र अवस्थामा छ । मोर्चाको जनसंघर्षका कार्यक्रम अन्र्तगत ज्ञापनपत्र बुझाईएको र आगामी चैत ७ गतेभित्र निर्माणको कार्य पुनः सुचारु नगरे थप संघर्षका कार्यक्रमहरु घोषणा हुने समाजवादी मोर्चा रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिए ।

election adv.

उनका अनुसार उक्त ज्ञापनपत्र जिल्ला स्थित सबै प्रतिनिधी तथा प्रदेशसभा सांसदका साथै सरोकारवाला कार्यालयहरुलाई पनि पठाईएको छ । ज्ञापनपत्र बुझाउन समाजवादी मोर्चा रुकुम पश्चिमका संयोजक तथा नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका, मोर्चाका सदस्य तथा नेकपा एकिकृत समाजवादीका सचिब सुरज परियार र मोर्चाका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य चन्द्र सि लगायतका नेता कार्यककर्ताहरु पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto