अखिल क्रान्तिकारी रुकुम पश्चिमले कक्षा जाउ अभियान थालेको छ । अखिल क्रान्तिकारी जिल्ला समिति रुकुम पश्चिमको सदरमुकाममा बसेको ७ औं बैठकले कक्षा जाउ अभियान थालेको हो । अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष नारायण केसीका अनुसार बैठकले एक महिने कक्षा जाउ अभियान गर्ने निर्णय गरेको छ ।
जसका लागि जिल्लाका ७७ वटा माध्यामिक विद्यालयका लागि इन्चार्जहरु समेत तोकिएका छन । ‘तोकिएका प्रत्येक इन्चार्ज विद्यार्थी नेता ६ देखि माथी सबै कक्षामा जाने, कक्षाका समग्र समस्या को पहिचान गर्ने र त्यसको निराकरणको लागि पहल गर्न प्रतिवेदन तयार कार्ययोजना गरेको छ’ अध्यक्ष केसीले भने, ‘पहिला विद्यालय समिति बन्थे भने अब प्रत्येक कक्षाको छुट्टाछुट्टै कक्षा समिति पनि बन्ने छ्न र समग्रमा एउटा मुल एकाई समिति बन्ने छ ।’
बैठकले जिल्लाका ८ क्याम्पस, एक प्राविधिक विद्यालय र ७७ वटा विद्यार्थी नेताहरुलाई इन्चार्ज समेत तोकेको छ । जस अनुसार मुसिकोट बहमुखि क्याम्पसमा रमेश लामिछाने, रुकुमेली क्याम्पसमा रमेश बुढा, राडिज्यूला शिक्षा क्याम्पसमा दिपक केसी, शितल क्याम्पसमा निराजन केसी, जहारी क्याम्पसमा भरत विक, सिम्रतु क्याम्पसमा निर्मला बुढाथोकी र स्यार्पु क्याम्पसमा किरण विश्वकर्मा र सानीभेरी क्याम्पसमा विरभान भण्डारीलाई इन्चार्जको रुपमा तोकिएको छ ।
त्यस्तै बैठकले असोज १९ र २० गते जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय पनि गरेको छ । जसका लागि यसअघि निर्वाचित समितिलाई जिल्ला सम्मेलन आयोजक समितिको रुपमा रुपान्तरण गरेको छ । सम्मेलनका लागि नारायण केसी संयोजक रहेको ३३ सदस्सीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।