बालाराम शेर्पाली
रुकुम पूर्वको भूमे गाउँपालिकामा जनप्रतिनिधीहरु भ्रमण पछिल्लो समय बढ्दै गएको छ । अन्तरपालिका सम्बध विस्तार र समन्वय आदानप्रदान गर्न विभिन्न गाउँपालिकाका जनप्रतिनिधि गाउँपालिकामा भ्रमण गर्न आउने क्रम पछिल्लो समय बढेको हो ।
पर्यटकीय क्षेत्रहरुको अवलोकन संगै अन्तर पालिका सिकाईको उपलब्धी हुने गरेको कारण भूमे गाउँपालिकाको भ्रमण कार्यक्रम राखिएको गोरखाको भिमसेन गाउँपालिकाको अध्यक्ष लोकबहादुर बञ्जाराले बताए । अध्यक्ष बञ्जाराको नेतृत्वमा भ्रमणमा आएको टोली भूमे गाउँपलिकाको विभिन्न स्थानमा अबलोकन गरेको थियो । माघ १६ सहिद दिवसको अवसर पारेर भूमे गाउँपालिका वडा नम्बर ६ महतको सहिद स्मारिका पुगेर सहिदहरुलाई माल्यार्पण समेत उनीहरुले गरेका थिए । गरेको
गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्ष नेतृत्वको टिम भूमे भ्रमण गरेका थिए । सोही जिल्लाकै मदाने गाउँपालिकाको अध्यक्ष नेतृत्वको टिम पनि भूमेको विभिन्न स्थानहरुमा अवलोकन गरेको भूमे गाउँलिकाको सुचना प्रविधि अधिकृत जनक ओलीले जानकारी दिए । यस्तै छिमेकी जिल्ला मुसिकोट नगर पालिका रुकुम पश्चिम बाट कार्यलयको जनप्रतिनिधि र कर्मचारीहरु पनि गाउँपालिकामा भ्रमणमा आएका थिए । त्यस्तै यसै हप्तामा छिमेकी जिल्ला बागलुङको निसि खोला गाउँपालिकाको अध्यक्ष नेतृत्वको टिमले भ्रमण गरेका छन ।
भ्रमण टोलीले भूमे गाउँपालिको धार्मिक तथा पर्यटकीय स्थलहरुको अबलोकन गरेको निसि खोला गाउँपालिकाको अध्यक्ष सुर्य बाहादुर घर्तीले बताए । ‘भ्रमणले यहाँको पर्यटकीय स्थलहरुको अवलोकन संगै भूमेले गरेको राम्रो कामहरु सिकेर हाम्रो पालिकामा गर्न पनि सहयोग पुग्नेछ’ उनले भने । भ्रमण आएका जनप्रतिनीधिहरुलाई भूमे गाउँपलिकाको अध्यक्ष होम प्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा र प्रमुख प्रशासकिय अधिकृत लगाएत गाउँपालिकाको कर्मचारिहरुले स्वागत गरेका थिए ।