पहिरोले विभिन्न ठाउँमा क्षति

Byआहा सञ्चार

२०८० भाद्र १, शुक्रबार १८:२३

बालाराम शेर्पाली
भूमे
पछिल्ला दिनहरुमा भैरहेको अविरल बर्षातका कारण रुकुम पूर्वको भूमे गाउँपालिकाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । बिभिन्न ठाउँ ठाउँहरूमा बाढ़ी पहिरोले स्थानीय नागरिकको जीवन प्रभावित पारेको छ । गाउँपालिकाको वडा नम्बर ३ दोमहिमा हिक्मत सुनारको घर पहिरोको कारणले गर्दा उच्च जोखिममा रहेको छ । यस बर्ष निरन्तर परेको बर्षाको कारण पहिरोले गर्दा बस्ने बास सहित लाखौं क्षति पुगेको छ ।

घरमा क्षति भएपछि उनका परिवार अहिले छिमेकीको घरमा बसिरहेका छन । बाढी पहिरोबाट भएको क्षतिको राहत दिने देखि पूर्व तयारी सम्बन्धी सचेतना जगाउनका लागि स्थानीय सरकारहरुले पहल गर्नुपर्ने वडा नम्बर ४ का सुन्दर मगरले बताए । गएको एक महिना अगाडि धेरै स्थानीय नागरिकहरुको क्षति पुर्याएको छ । वडा नम्बर ७ धर्मशालामो थवाङ खोलाले विष्णु बुढा गोठ सहित बस्तुभाउ बगाएको छ । सोहि वडाकै विनाता बुढाको बङगुर फर्म सहित खोरमा भएको सबै बङगुर बाढिले बगाएको हो ।

भूमे गाउँ पालिका वडा नम्बर २ खाबाङ खोलाले खाबाङ जाने पक्कि पुल बगाउँदा खाबाङको स्थानीय नागरिकहरुलाई आवतजावत समस्या परेको छ त्यहाँ स्थानियहरुले बताएका छन् । गाउँपालिकाले पहिरो प्रभावित क्षेत्रमा तारजाली वितरण गरेको भएपनि बर्षात पहिलेनै वितरण गरेको भए थप प्रभावकारी हुने स्थानीयहरुको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto