सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधरणको लागि आईपीओ निष्काशनमा ल्याएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता विहिबारबाट निष्काशनमा ल्याएको हो ।
इन्स्योरेन्सल ९६ लाख कित्ता शेयर निष्काशमा ल्याएको भएपनि कर्मचारी, बैदेशिक रोजगारीमा रहेका नागरिक र सामुहिक लगानी कोषलाई विक्रि पश्चात बाँकी रहेको सर्वसाधारणलाई खुला गरेको हो । इन्स्योरेन्सले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम मूल्य सहित २३९ रुपैयाँका दरले बिक्री खुलाएको हो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० रुपैयाँ पुग्नेछ । आईपीओमा पहिलो चरणमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी त्रिपल बी माइनस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी जनाउँदछ ।
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कम्पनी ऐन २०६३ अन्र्तगत स्थापना भई बीमा ऐन २०७९ (तत्कालिन बीमा ऐन २०४९) र बीमा नियमावली २०४९ बजोजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न, सेवा विकास गरी बीमा व्यवसायको जोखिम धारण बढाउनको लागि आवश्यक पर्ने पूँजी व्यवस्था गर्न सर्वसाधरणलाई आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ । यस सम्बन्धी विस्तृत सूचना हेर्न यहाँ क्लिक गर्नुहोस ।