डोजर चलाएर संघर्ष गर्दै अञ्जना

Byआहा सञ्चार

२०८० श्रावण ३१, बुधबार १५:४२

डोजर चलाउने आँट कमै महिलाले मात्र गर्न सक्छन । यस क्षेत्रमा अन्जना शर्मा एउटा संघर्षशिल महिला हुन । आर्थिक अभाव र केहि आन्तरिक तनावले गर्दा अन्जनाको मन खिन्न र निराश भैरहन्थ्यो । डोजर चलाउने तालिम सिक्ने उनको इच्छा थियो तर त्यो तालिम सिक्न रकम जुटाउन उनको लागि ठुलो सङघर्ष गर्नु परेको थियो । यसै कारण परिवारमा पनि दिनहु सानो तिनो खटपट पनि भैरहन्थ्यो ।

एकपछि अर्को गर्दै समस्याहरु थपिदै जान्थे । अगाडी बढन कुनै बाटो देखिदैन्थ्यो । एक दिन एकोहोरो मन लिएर कोठामै बसी रहेकी थिईन अञ्जना । एक्कासी उनको नजर झ्याल तिर पुग्छ । झ्यालनीर कमिलाको ताँती लागेको थियो । कमिलाहरु जम्मा भएर बाहिरबाट केहि चारो लिएर जम्मा पार्दै थिए । उनिहरुको मेहनत देखेर अन्जनाको मनमा एकाएक प्रशन्नता छायो । निराश भएको मनमा पनि उत्साह थपिदै गयो । आफ्ना लागी जाबो कमिलाहरुले त त्यति मेहनत गर्न सक्छन भने हामि मानिस सर्बश्रेष्ठ भनिएका प्राणी किन हार खाई रहेछौ किन जीवनबाट निराश छौ ? आँफै सँग प्रतिप्रश्न गर्दै जीवनमा केही गर्ने अठोट गरिन । सीप विकासका क्षेत्र पहिचान गर्दै जान थालिन । डोजर चलाउन सिक्ने विचार उनको मनमा आयो । शुरुमा सक्छु की सक्दिन भन्ने लागेको थियो । केही दिन सिक्न गए पछि उनलाई डर लागेर सक्दैन जस्तै लाग्यो र फिर्ता भईन । तर हार भने मानिनन् ।

मानिसले चाहे पछि गर्न नसकिने के रहेछ र । विस्तारै धेरै कुराहरु सिक्दै गइन । मुसिकोट ३ रुकुमकी अन्जनाले बाँकेको नेपालगँजमा रहेको सिटिजन प्राविधिक शिक्षालयमा डोजर सम्बन्धी तालिम समेत सिकिन । अन्जनाको सपना अर्कै थियो । उनको सानैबाट गीत सँगिततीर रुची थियो । गीत गाउन भने पछि हुरुकै हुन्थिन । तर परिस्थिति र बाध्यताले उनलाई यस क्षेत्रमा पु¥यायो । ‘म अहिले एक दक्ष अपरेटर बनेकी छु’ उनले भनिन, ‘चरम आर्थिक अभावले मलाई एक नया जीवन जीउन सिकायो र मलाई एउटा नया पहिचान दिलायो ।’ डोजर सम्बन्धी तालिम सिके पश्चात सिटिजन प्राविधिक शिक्षालयले उनको कामबाट प्रभावित भएर प्रशिक्षकको रुपमा जागीर गर्ने अवसर प्रदान ग¥यो । उनले धेरै महिला र पुरुषलाई डोजर चलाउन सिकाएकी छन । जस मध्य १० जना त महिला प्रशिक्षार्थी नै छन । प्रशिक्षकको रुपमा काम गर्न पाउँदा उनको हौसला दिनप्रतिदिन बढदै गयो ।

उनको कमाई हुन थालेपछि अभावहरु पुर्ती हुदै गए । यस क्षेत्रमा अझै दक्ष बन्दै गईन । आफु यस क्षेत्रकै पहिलोे महिला हेभी प्रशिक्षक भएको दावी गर्छिन । आँफु जन्मिए हुर्केको ठाँउलाई समृद्घ बनाउने उनको रहर छ । अब रुकुममा बसेर काम गर्ने ईच्छा भएको उनले बताईन । रुकुम जिल्लाका विभिन्न विकास आयोजनाहरु आफनै हातले सम्पन्न गर्ने धोको छ । उनले महिला अपरेटरहरुलाई पनि गर्न सक्छु भन्ने सोच लिएर मात्र यस क्षेत्रमा आउन सुझाब दिन्छिन । जमेर काम गर्छु भन्ने उदेश्य बोकेर आउनेका महिलाका लागी यस क्षेत्र निकै राम्रो छ र कमाई पनि मनग्य हुने उनको भनाई छ । महिलालाई हरेक क्षेत्रमा दोहोरो चुनौति भएपनि आफ्नो आत्मविश्विास बलियो भए चुनौतिहरुलाई पनि चुनौती दिँदै अगाडी बढ्न सकिने उनको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto