रुकुम पश्चिम चौरजहारी नगरपालिका ९ कोटजहारीका सुशिल कुँवर योगी ७७ जिल्लाको भ्रमणमा निस्किएका छन । झापा जिल्लाबाट आफ्नो यात्रा शुरु गरेका उनले अहिलेसम्म ४५ जिल्लाको भ्रमण गरिसकेका छन । देश बुझ्नको लागि देशका सबै जिल्लाको यात्रा गर्ने र अनुभव र यात्रा भोगाईको एउटा पुस्तक लेख्ने समेत उनको योजना छ ।
घरबाट बेखर्ची निस्किएका सुशिल यात्रा क्रममा हुने आर्थिक सहयोगबाट नै यात्रालाई निरन्तरता दिईरहेका छन । हाल सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुको यात्रामा रहेका उनले यात्रा क्रममा धेरै दिन भोकै यात्रा गरेको समेत अनुभव सुनाउछन । ‘नेपालमा रहेका पर्यटकीय क्षेत्र, विभिन्न कला संकृति, रितिरिवाज, भेषभुषाको प्रचारप्रसार र प्रवद्र्धन देखि नेपालमा बनेको विकास र विकासको समस्या बुग्नु पनि यात्राको लक्ष्य हो’ उनले भने, ‘मैले यो यात्रा सकेपछी एउटा पुस्तक पनि लेख्ने सोचमा छु, ।
कहिले खाएर त कहिले भोकभोकै यात्रा गर्ने उनीलाई केहि सहयोग गर्ने ब्यक्ति तथा संस्था भेटिन्छन भने केहि उल्टै विना कामको भनेर गिज्याउने समेत गरेका छन । यात्रा गरेर देश बुझ्न पैसा मात्र नभएर इच्छाशक्ति पनि हुनुपर्ने उनको भनाई छ । ‘म घरबाट निस्केको ७१ दिन भैसकेको छ, मैले बिना पैसा सुबेच्छुकहरुको सहयोगमा यात्रा गरेको छु, नत्र म सङग पुरै नेपाल घुम्नको लागि पैसा छैन, म एक मिडिल कलास फ्याम्लीको छोरो हु ।’ उनका बुवा नरेन्द्र कवर योगी रोजगारीको सिलसिलामा भारतमा छन भने आमा भद्रसिला योगि रुकुममै घर ब्यवहार र कृषि गर्छिन ।