बालाराम शेर्पाली
रुकुम पूर्व
रुकुम पूर्वका विभिन्न गाउँमा यातायातको सुविधा नहुँदा विरामीलाई स्वास्थ्य संस्थासम्म लैजान मान्छेले बोकेरै लिनुपर्ने बाध्यता रहेको छ । वर्षायामको शुरुवातसँगै पहिरोले ग्रामीण सडकहरु अवरुद्ध भएपछि विरामीलाई स्टे«चर तथा पिठ्यूमा बोकेर अस्पताल सम्म लिने र घर सम्म ल्याउनुपर्ने बाध्यता रहेको छ । सडकमा खाल्डाखुल्डी हनुका साथै ठाउँ ठाउँमा पहिरोले कतै सडक भत्किएको छ भने कतै माथीबाट पुरिएको छ ।
सड़क अवरुद्ध हुदा सवारी साधन त चल्न सक्दैनन् नै सर्वसाधारणलाई हिडडुलमा समेत समस्या रहेको छ । जसका कारण विरामीहरुलाई अस्पताल सम्म लिन पनि स्थानीयहरुलाई निकै समस्या हुने गरेको छ । विरामीहरुलाई बोकेर समयमै अस्पताल सम्म लिन नसक्दा बाटोमै विरामीहरुको ज्यान जाने समस्याहरु समेत रहेको स्थानीय मनराखे सुनारले बताए । भूमे गाउँपालिकाको वड़ानम्बर ६ खाम्दै, स्याला, सुर्प, नाखे, रुन्ची तामारी लगायतका गाउँमा सडक यातायात अवरुद्ध बनेको छ ।
वर्षातका कारण विग्रे भत्केका ग्रामिण सड़कहरु मर्मत नहँदा बिरामीलाई लिन ल्याउन समस्या रहेको भूमे गांउपालिका वड़ा नम्बर ३ का मनरखे सुनारले दुखेसो छ । ‘समयमा विरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन सवारी साधनको सुविधा छैन, जसका कारण विरामीलाई स्टे«रचर वा पिठ्यूमा बोक्नेभन्दा अरु उपाय छैन’ उनले भने । युवाहरु गाउँमा नभएका कारण विरामीहरुलाई अस्पताल सम्म लिन समेत अर्को समस्या रहेको छ । गरिवी र वेरोजगारीको समस्याले विदेशिनेको सड़ख्या बढ्दो रहेका कारण गाउँमा युवाहरु खोजेर पनि भेटाउन नसकिने सुनारको भनाइ छ । उनका अनुसार गाउँमा बुढाबुढी र बालबच्चा मात्रै रहेका छन । यसैविच रुकुम पूर्वमा नवजात शिशु सहित एक सुत्केरीको मृत्यु भएको छ ।
सुत्केरी व्यथा लागेपनि समयमै स्वास्थ्य संस्थामा पुर्याउन नसकिदा सिस्ने गाउँपालिका(१ भट्टेचौर रुकुम पूर्वकी २५ वर्षीया सपना बुढा र उहाँको नवजात शिशुको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा शनिबार बिहान ज्यान गएको हो । शुक्रबार बिहानदेखि सुत्केरी व्यथाले च्यापेपछि बुढालाई स्थानीय स्वास्थ्य संस्थामा पु¥याइएको तर त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान मात्रै हेलिकोप्टर मार्फत सुर्खेत लगिएको थियो । तर ढिलो गरी अस्पताल पु¥याउँदा आमा र बच्चा दुवैको ज्यान गएको स्वास्थ्यकर्मीहरूले बताएका छन । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्लाका रुपमा रहेको रुकुमपूर्वमा अहिले पनि धेरै ठाउम सडक पुगेको छैन भने केहि पुगेको ठाउँमा पनि वर्षाका कारण सडक बिग्रिदा सवारी पुग्ने अवस्था छैन ।
फेसबुक प्रतिक्रियाहरु
