प्रेस सेन्टर नेपाल मुसिकोट पालिका समिति रुकुम पश्चिमको दोस्रो साधारण शनिबार सदरमुकाम खलंगामा सम्पन्न भएको छ । दोस्रो साधारणसभाले सांगठनिक प्रतिबेदन पास गर्दै नेतृत्वमा समेत हेरफेर गरेको छ ।
साधारणसभाले फलिराम शिर्पालीको अध्यक्षमा दुई सदस्य पछि थप गर्नेगरी ९ सदस्सीय नयाँ पालिका समिति गठन गरेको हो । जसको उपाध्यक्षमा भिमबहादुर बुढा, सचिवमा घनश्याम खड्का र कोषाध्यक्षमा आयुषा रोका चयन भएका छन । त्यस्तै सदस्यहरुमा कपिल बिष्ट, अजित खड्का र रविन्द्र खड्का रहेका छन ।
निवर्तमान अध्यक्ष दिपेन्द्र महतराको अध्यक्षमा भएको दोस्रो साधारणसभामा नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्काको प्रमुख आतिथ्यता र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेगराज खड्काको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश सचिव धनकुमार शाही, जिल्ला अध्यक्ष देवकुमार ओली, सचिव मनिष खड्का, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष विशाल बिष्ट, मुसिकोट नगर अध्यक्ष दुर्गाप्रसाद विश्वकर्मा लगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र मुसिकोट नगर समितिका अध्यक्ष दलबहादुर खड्काले जनपक्षिय पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि पहल गर्न नयाँ समितिलाई आग्रह गरे । त्यस्तै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मेगराज खड्काले मुसिकोट नगर समितिका निर्वाचित नयाँ समितिलाई बधाई ज्ञापन गर्दै जिल्लाका अन्य स्थानीय तहमा रहेका पालिका समितिहरुलाई पनि क्रमस पुर्नगठन र थप क्रियासिल बनाउदै लगिने बताए ।