बालाराम शेर्पाली
भूमे
रुकुम पूर्वमा वर्षाका कारण सडक अबरुद्ध भएको छ । पहिरोले सडक अबरुद्ध हुदा पैदलयात्री तथा सवारी साधनहरुलाई आवत जावत गर्न समस्या भएको छ । रुकुम पूर्वको तिन वटै स्थानिए तहका विभिन्न ग्रामिन सडकहरु अहिले अवरुद्ध छन ।
केही दिन यता नियमित परेको वर्षाले भूमे गाउँपालिकाको वडा नम्बर ९ को चुन्बाङ र ८ को कुचिबाङ सिमखोला, भूमे ६ को रुन्ति नाखे, तामारी खाम्दै महत, वडा नम्बर ५ को डालिबाङ २ नम्बर वडाको गाबाङ आरु डाडाँडा र ३ नम्बर वडाको मोराबाङ र क्याङसी, झुम्लाबाङको अधिकांश सडक अवरुद्ध भएका छन ।

ग्रामीण सडक खुलाउनको लागि भूमे गाउँपालिकाको जेसिवि सञ्चालनमा छ । तर अबरुद्ध सडक सञ्चालमा ल्याइएको केहि दिनमै पुनः पहिरोले अवरुद्ध पार्ने गरेको छ । सडक पुर्बधार विकास कार्यालय सब ईन्जिनियर सन्तोस घर्तीमगरका अनुसार पालिकामा बजेट सिमित मात्रामा हुने पटक पटक ग्रामिन सडक खुलाउन संभव नहुने र आर्थिक हिसावले पनि बजेटको समस्या भएको हुँदा अव दशैतिहार अघि पूर्ण तरिकाले सडक सुचारु गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto