बालाराम शेर्पाली
भूमे
रुकुम पुर्वको भूमे गाउँपालिकाका एक कृषकले व्यवसायिक रुपमा स्याउखेती गरेका छन । भूमे गाउपालिका वडा नम्बर ८, दुल्दाराका लोकेन्द्र खडकाले व्यवसायिक रुपमा स्याउखेती थालेका हुन । लुम्बिनी प्रदेशको एक हिमाली जिल्लाको रुपमा रहेको रुकुम पूर्वमा आवश्यक प्राविधिक ज्ञान, सिप र उपकरण अभावका विचमा पनि खडकाले नमुना स्याउ उत्पादन बढाउन प्रयास थालेका हुन ।
उनले बारीमा लगाएको स्याउ राम्रो फस्टाएको छ । तरपनि आवश्यक प्राविधिक ज्ञान नहुँदा सोचेअनुसारको उत्पादन हुन नसेको उनको भनाई छ । ‘अहिले सम्म स्याउँ खेतिको लागि तालिम पनि लिएमो छैन ज्ञान र सिपको अभाव छ’ उनले भने । ४ बर्ष साउदीको बसाई पछी आफ्नो गाउँ फर्किएका खड्काले आगामी दिनमा गाउँकै माटोमा पसिना बनाउने सोच छ । तर स्याउ खेतीमा लाग्ने रोगकिरा तथा अन्य समस्याले पनि बेला बेला हैरानी गराउने गरेको छ ।
उता भूमे गाउँपालिकाले स्याउ उत्पादन बढाउन लागि किसानले लाभ लिन सक्ने र अनुदानमा स्याउको विरुवा उपलब्ध बनाउने भूमे गाउँपालिकाको कृषि शाखाले जनाएको छ । स्थानीय स्तरमा उत्पादन बढाउने र उत्पादन भएका फलुपुललाई बजारीकरण गर्ने पहल भइरहेको कृषि शाखाले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु