आफ्नो जन्मदिनमा प्रायः मानिसहरुले केक काट्ने देखि अन्य होटल तथा रेष्टुरेन्टहरुमा भोज कार्यक्रम आयोजना गर्दछन । तर केहि मानिसहरु भने आफ्नो जन्मदिनको अवसरमा केहि रचनात्मक र सामाजिक कार्यहरुमा पनि योगदान र लगानी गर्दै आएका छन ।
कसैले विरुवा रोप्ने, कसैले विरामी तथा गरिबदुखिहरुलाई सहयोग गर्ने देखि अन्य सामाजिक कार्यमा लगानी गर्दै आएका छन । यसैविच रुकुम पश्चिमका एक स्वास्थ्यकर्मीले आफ्नो जन्मदिनको अवसरमा खोप तथा गाउँघर क्लिनिकलाई जग्गा व्यवस्थापनको लागि आर्थिक सहयोग गरेका छन ।
रुकुम पश्चिम त्रिबेणी गाउँपालिका १० घर भई हाल महत स्वास्थ्य चौकी भूमे रुकुम पूर्वमा कार्यरत अहेव हेमराज ओलीले जन्मदिनको अवसरमा खोप तथा गाउँघर क्लिनिक भूमे ८ कोवाङ रुकुम पूर्वलाई ५ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका हुन । जन्मदिनमा अनावश्यक फजुल खर्च भन्दा सामाजिक कार्यमा योगदान गरिएको उनको भनाई छ ।

