रकुम पश्चिममा पनि यस वर्षको राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्लाका स्थानीय तहहरुले आआफ्नो तरिकाले विभिन्न कार्यक्रम गरेर दिवस मनाएका छन भने जिल्ला कृषि विकास कार्यलय रुकुम पश्चिमले माछिमी ज्युलामा औपचारिक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको छ ।
जलबायु अनुकुलित कृषक मैत्री प्रबिधि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराकाका साथ धान दिवस मनाईएको कृषि बिकास कार्यलयका प्रमुख मिनबहादुर केसिले बताए । उनका अनुसार धान दिवसको अबसरमा दौड र रस्साकस्सी लगायतका गतिविधीहरु सम्पन्न भएका छन । रस्साकस्सीमा कर्मचारी र जनप्रतिनिधि बीच घम्साघम्सी भएको थियोे । जसअन्तरगत जनप्रतिनिधिको बिजेता र कर्मचारीको उपबिजेता बन्यो । त्यस्तै कर्मचारी र स्थानीय बिच पनि रस्साकस्सीमा प्रतिस्पर्धा भएको थियोे । जसअन्तरगत स्थानीयको टिम बिजेता बन्न सफल भए भने कर्मचारीको टिम उपबिजेतामा भए । त्यस्तै स्थानीय युबाहरुको दौडमा देबि केसि प्रथम भईन । जसमा प्रतीक्षा केसि दोस्रो र तारा केसि तेस्रो भईन । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले जिल्लामा धान तथा अन्य कृषि अवस्थाको बारेमा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो ।
धान दिवस कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसि, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त लगायत जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी लगायत स्थानीयहरुको सहभागीता रहेको थियो । धान उत्पादनको निम्ति किसानलाई समयमै मलको ब्यबस्थापन गतिदिनु पर्ने स्थानीयको भनाई रहेको थियोे । त्यस्तै रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पनि नगरप्रमुख रवि केसी सहितको टोलीले कृषकका खेतमा धान रोपेर धान दिवस मनाईएको छ ।