रुकुम पश्चिमका ६ वटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । जिल्लाका अधिकांस स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी सृजना गर्ने लगाएका नीति तथा कार्यक्रमहरुमा जोड दिएका छन । नीति कार्यक्रम संगै सबै स्थानीय तहले बजेट पनि ल्याएका छन । रुकुम पश्चिमको सदरमुकाममा रहेको मुसिकोट नगरपालिकाले ७४ करोड बढीको बजेट ल्याएको छ ।

आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ को ठूली दहमा आयोजित १२ औं नगर सभामा उपप्रमुख बिमलकुमार पुनले ७४ करोड ८६ लाख २७ हजार ५ सय २५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालु तर्फ ५७ करोड र पुँजीगत तर्फ १७ करोड बजेट विनियोजन गरिएको छ । बजेट स्रोतमा ३ करोड बढी आन्तरिक राजश्व रहेको छ भने बाँकी संघ तथा प्रदेशको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाड, विशेष अनुदान, समपूरक अनुदान रहेको छ ।
त्यस्तै जिल्लाको अर्को आठबीसकोट नगरपालिकाले पनि बजेट ल्याएको छ । नगरपालिका उपप्रमुख धनकुमारी शाहीले सोमबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेकी हुन । उनले ६३ करोड ५० लाख ६४ हजार ४ सय ४८ रुपैयाँ बराबरको बजेट पेश गरिन । जसमा चालु तर्फ ४० करोड र पुँजीगत तर्फ २३ करोडको बजेट प्रस्तुत गरेकी हुन । खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजश्व तर्फ राजस्वबाट २ करोड ८० लाख रहेको छ भने अन्य संघ तथा प्रदेशबाट प्राप्त हुने बजेट र राजस्व वाँडफाट रकम रहेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । नगर उपप्रमुख इश्वरी शर्मा बिएमले शनिबारको १७ औं नगर सभामा ८१ करोड १ लाख ४ हजार ८ सय ६६ रुपैयाँ बराबरको बजेट पेश गरिन । कुल बजेट मध्ये चालुतर्फ ५८ करोड र पुँजीगत तर्फ २२ करोड रहेको छ । बजेट वक्तव्यमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत व्यहोर्ने खर्चमध्ये आन्तरिक राज्वश्ववाट २ करोड २२ लाख रहेको छ भने अन्य रकम संघ तथा प्रदेशबाट प्राप्त हुने रकम रहेको छ ।

जिल्लाको बाँफिकोट बाँफिकोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठाले नीति तथा कार्यक्रम र उपाध्यक्ष तारा बुढा केसीले बजेट सभामा पेश गरिन । उपाध्यक्ष केसीले सभामा कुल ५५ करोड पाँच लाख दश हजारको बजेट पेश गरिन । जसमध्य चालु खर्च तर्फ ३५ करोड र पुजिँगत खर्च तर्फ १९ करोड रहेको छ ।
त्यस्तै जिल्लाको त्रिबेणी गाउँपालिकाले पनि बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले आगामी आर्थिक वर्षका लागि बजेट बक्तव्य पेश गरिन । जसमा ५० करोड ९६ लाख ४० हजार ५ सय २२ रुपैयाँको बजेट रकम रहेको छ । कुल विनियोजित बजेट मध्ये चालुतर्फ ३८ करोड र पुँजीगत तर्फ १२ करोड रहेको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले सभामा ५० करोड ६७ लाख ५८ हजार १ सय २९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन । चालु तर्फ ३१ करोड र पुँजीगत तर्फ १८ करोड बजेट विनियोजन गरिएको छ । आगामी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट १ करोड ५१ लाख रहेको छ भने बाँकी संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान रहेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका उपप्रमुख इश्वरी शर्मा बिएमले नगरसभामा आगामी आर्थिक बर्षको बजेट पेश नगरसभा तर्फ जाँदै । चौरजहारी नगरपालिकाले जिल्लाका छ वटै पालिकाहरु मध्य सबैभन्दा बढी रकमको बजेट पेश गरेको छ । तस्बिर सौजन्य ः चौरजहारी नगरपालिका 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto