बिकाश पाण्डे
सिंचाई कुलो भत्किएपछि कृषकहरुलाई समस्या भएको छ । शुक्रबार राति देखि आएको अवरल बर्षाका कारण पहिरोले कुलोमा भत्काएपछि समस्या भएको हो । बर्षाले पहिलो जाने संभावना रहेका कारण कुलोमा अझै क्षति हुनसक्ने स्थानीय कृषक शिबानन्द पाण्डेले जानकारी दिए । उनका अनुसार साँखखोला, रेटावाङ, फेचङ, सोताखेत, तङतारा सिंचाई आयोजाना चैत महिनामा मात्र निर्माण सम्पन्न भएको थियो ।
रुकुम पश्चिम मुसिकोट न.पा. वडा. ७ मा पक्की सिँचाई कुलो निर्माण भएपछि स्थानीयबासीहरुलाई सिंचाई गर्न सजिलो भएको थियो । तर ३ महिना नपुग्दै कुलो पहिराले क्षति गरेपछि समस्या भएको हो । आकाशे पानीको भरमा मात्र पहाडी क्षेत्रमा धानबाली लगाएका किसानहरूलाई अब सिँचाइ कसरी गर्ने र लगाउन बाँकी लाई कसरी लगाउने भन्ने समस्याले पिरोलेको स्थानीयवासीको भनाइ छ ।
कुलाको बाहिरी भाग तल पट्टिबाट पाहिरोले तानेको छ । उक्त कुलो मर्मतमा सरकारले चासो दिनु पर्ने र रोपाइँ संगै हिउँदे बालीमा पनि सहज हुने किसान देवि खड्का पाण्डेले बताए । उक्त नहर कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।