पहर खड्का क्षेत्री समाज नेपाल रुकुमको अध्यक्षमा खेमराज खड्का चयन भएका छन । शनिबार सदरमुकाम खलंगामा भएको प्रथम सम्मेलनबाट समाजको अध्यक्षमा खड्का सर्वसम्मत चयन भएका हुन । जसको उपाध्यक्षमा लालबहादुर खड्का, सचिबमा रमेश खड्का, सहसचिबमा विनाराम खड्का र कोषाध्यक्षमा हरिपवन पहर खड्का चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा प्रेम खड्का, टंकप्रकाश खड्का, चन्द्रबहादुर खड्का, भिमबहादुर खड्का, डिल्लीबहादुर खड्का, चन्द्रकला खड्का, शशिराम खड्का, खुमराज खड्का, हरिभक्त खड्का र शेरप्रसाद खड्का रहेका छन । सम्मेलनले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसको संयोजकमा खेममान खड्का र सदस्यहरमा सुरेन्द्रबहादुर खड्का, नरहरी खड्का, कालीबहादुर खड्का, चन्द्रबहादुर खड्का, प्रसाद खड्का र देवबहादुर खड्का रहेका छन ।

यसअघि जिल्लामा समाजको भेला आयोजक समिति गठन भएको थियो । जसको संयोजकमा धनराज खड्का र सहसंयोजकमा खेमराज खड्का रहेका थिए । सम्मेलनमा भारद्धज खड्का क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य हेमबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनले नयाँ कार्यसमिति चयन गरिनुका साथै खड्का समाजको गोत्रावली र बंशावली खोज अध्ययन गरेर तयार गर्ने समेत निर्णय गरेको नवनिर्वाचित अध्यक्ष खेमराज खड्काले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto